राणा, पञ्चायत, राजतन्त्र पछी कम्युनिष्टसँग जित्दै छौं : चन्द्र भण्डारी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

राणा, पञ्चायत, राजतन्त्र पछी कम्युनिष्टसँग जित्दै छौं : चन्द्र भण्डारी



काठमाडौं-

नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीले देश र जनतालाई जहिले पनि अन्धकारमा राख्ने कम्युनिष्टहरुबाट परिवर्तनको आशा गर्न नसकिने बताएका छन् । उनले कम्युनिष्टहरुको इतिहास कहि पनि गतिलो नभएको पनि बताए ।

भण्डारीले दलीय गठबन्धन सकारात्मक भएको प्रतिक्रिया पनि दिएका छन् ।

नेपाली कांग्रेस गुल्मी रुपन्देही सम्पर्क समितिले बुधबार बुटवलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले लोकतान्त्रिक र वामपन्थीका गरी दुई शक्ति भए नेपालको राजनीतिमा सकारात्मक अभ्यास हुने बताए ।

गठबन्धनका कारण भाग खोसिएका कार्यकर्ताहरुको राजनीतिक भविष्यका बारेमा सोच्न उनले दलका शीर्ष नेताहरुलाई आग्रहसमेत गरे ।

कम्युनिष्टमाथि खरो टिप्पणी गर्दै नेता भण्डारीले कम्युनिष्टहरुको इतिहास कहि पनि गतिलो नभएको भन्दै भाषण मात्र गर्ने र जनतालाई सधै अन्धकारमा राख्नेहरुसँगबाट परिर्वतन सम्भव नभएको दावी गरे ।
‘राणा, पञ्चायत, राजतन्त्र सबैसँग लडेर कांग्रेस बिजयी भएको इतिहास छ , अब हामी अन्तिम लडाइँ कम्युनिष्टसँग बाँकी छ’ उनले भने ।

गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवार नेता भण्डारीले यस क्षेत्रमा आफ्नो जित कसैले रोक्न नसक्ने दाबी गरे ।

गुल्मी जिल्लालाइ नेपालको नमुना बनाउने काम गरेको भन्दै उनले जनताले त्यसको मुल्यांकन गर्ने बेला आएको समेत बताए ।

‘गुल्मी क्षेत्र न १ बाट म प्रतिनिधिसभाका उम्मेदवार बनेको छु, हार्नुपर्ने कुनै कारणै छैन, बिकासमा बाढी ल्याएको तपाइहरुले देख्नुभएकै छ ।’ उनले थपे- ‘कामलाइ महत्व दिन्छु र प्रचारबाजी र झुटा कुरा गर्न मलाइ आउँदैन ।’

भण्डारीले आफू निर्वाचनका बेलमा मात्र नभइ सधैं जनताकै बिचमा रहेर काम गरिरहेको बताए ।

गुल्मी क्षेत्र नम्बर एकमा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस केन्द्रीय सदस्य भण्डारीलाई वाम गठबन्धनबाट नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले चुनौति दिँदैछन् ।