कांग्रेसले हारे गुल्मेलीहरु बिस्थापित हुनुपर्ने अवस्था आउँछ : चन्द्र भण्डारी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कांग्रेसले हारे गुल्मेलीहरु बिस्थापित हुनुपर्ने अवस्था आउँछ : चन्द्र भण्डारी



शँकर भुसाल
गुल्मी, ४ मङसिर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम गुल्मी क्षेत्र नँ १ प्रतिनिधि सभाका उम्मेदवार चन्द्र भण्डारीले नेपाली काँग्रेसले चुनाव हारे गुल्मेली जनताहरु बिस्थापित हुने अवस्था आउने बताएका छन ।

नेपाली काँग्रेसको आईतबार रेसुङ्गा नगरपालिका ९ को चुनाबी प्रचार प्रसार अभियानका क्रममा बोल्दै उनले बजेट पार्ने काँग्रेसले र ठेक्का लिने एमालेले गर्दा उसले ढिलासुस्ती गर्ने र काँग्रेसले बिकासका आश्वासन दिएर काम नगरेको भनि हल्ला फैलाउने गरेको बताए । हरेक बिकासका काम काँग्रेसले गरेको भएपनि एमाले ले हामीले हो भन्नु निकै लज्जास्पद भएको भण्डारीको भनाई छ ।

नेता भण्डारीले यति विकास र जनताको भरिया बनेका नेता भैदिएको भए बेलायतको प्रधानमन्त्री बन्थे भन्ने कुरालाई गलत अर्थ लगाएर खिल्ली उडाउने विपक्षले विकासका लागि आएको बजेज पनि बेचेको आरोप लगाए ।

कार्यक्रममा बोल्दै प्रदेश ख का प्रदेश सभाका उम्मेदवार धर्मेन्द्र कार्कीले नेपाललाई हिन्दु राष्ट्र बनाएरै छाड्ने बताए ।