चन्द्र भण्डारीले भने : काँग्रेसलाई हेप्न खोजे वाम सरकारको आयु १८ महिना मात्र

December 13, 2017
53 Views
Spread the love

बुटवल ।

बाम गठबन्धनलाई चुनौती दिंदै चन्द्र भण्डारीले बाम सरकारको आयु छोटो हुने चेतावनी दिएका छन् ।

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बहुमतको मातमा कांग्रेसलाई कमजोर ठानेर अघि बढे बाम सरकारको आयु छोटो हुने चेतावनी दिएका छन् ।

निर्वाचन परिणामबाट कांग्रेस आत्तिनुनपर्ने समेत उनले बताए । बुधबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले भने, ‘कांग्रेसले चुनाव हारे पनि उसको शक्ति र क्षमता भने हराएको छैन । नयाँ शिराबाट पार्टी अघि बढ्छ ।’

अब पनि स्थिर सरकार नहुने उनले बताए । ‘बहुमतको मातमा बुद्धि नपुर्‍याउने र कांग्रेसलाई सामान्य ठानी बाहिर राख्ने काम गर्नु हुँदैन’ कांग्रेस नेता भण्डारीले भने, ‘यसो भएमा वामसरकारको आयु १८ महिनामै सकिन्छ ।’

नेपाली समाजमा बढी राजनीतिकरण गर्ने रोग लागेको र यसको सहि उपचारका रुपमा विकासको इन्जेक्सनलाई आफूले चुनावमा प्रयोग गर्दा फेल भएको बताए ।

भण्डारीले पार्टीका तत्कालिन सभापति सुशील कोइरालालाई संविधान जारी गरेपछि पुनः प्रधानमन्त्रीमा उठाएपछि नै काग्रेसको कमजोरी शुरु भएको दाबी गरे ।

भारतले नाकाबन्दी गर्दा पार्टीले त्यसको प्रतिवाद गर्न नसक्नु, पाँच नम्बर प्रदेशका पहाडी जिल्ला टुक्रयाउने प्रस्तावमा समर्थन गर्नु र माओवादीका नेता कार्यकर्ता वाम गठबन्धनमा धेरै ईमान्दार बनेका कारण कांग्रेसले हार व्यहोर्नु परेको र आफुपनि त्यसैको शिकार भएको उनको भनाइ छ ।

प्रतिनिधिसभा सदस्यका लागि गुल्मी १ मा उठेका भण्डारी एमाले सचिप प्रदिप ज्ञवालीसँग पराजित भएका हुन् ।

Facebook Comments

You may be interested

सीए नेवि संघ भारतद्वारा राजदुतावास मार्फत प्रधनमन्त्रीलाई संकलित हस्ताक्षर हस्तान्तरण !
प्रवास
0 shares1 views
प्रवास
0 shares1 views

सीए नेवि संघ भारतद्वारा राजदुतावास मार्फत प्रधनमन्त्रीलाई संकलित हस्ताक्षर हस्तान्तरण !

himal post - २०७४, ५ माघ १२:०२

सीए नेपाल विद्यार्थी संघ भारतद्वारा विभिन्न माग राख्दै  नेपाली राजदुतावास नयाँ दिल्ली मार्फत प्रधनमन्त्रीलाई संकलित हस्ताक्षर बुधवार दुतावासमा बुझाएका छन् ।…

५ न. प्रदेशको राजधानी बुटवल नै ठीक छ ,सडक आन्दोलनमा समय बर्बाद नगरौँ : पौडेल
राजनीति
0 shares1 views
राजनीति
0 shares1 views

५ न. प्रदेशको राजधानी बुटवल नै ठीक छ ,सडक आन्दोलनमा समय बर्बाद नगरौँ : पौडेल

himal post - २०७४, ५ माघ ११:३५

काठमाण्डौ । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले सरकारले काम चलाउनका रुपमा अस्थायी राजधानी तोकेकाले आन्दोलनमा जान नहुने बताएका छन् ।…

गल्ती नगरेको भए किन भागे सिलवाल ? (रिपोर्ट)
विचार/लेख
0 shares18 views
विचार/लेख
0 shares18 views

गल्ती नगरेको भए किन भागे सिलवाल ? (रिपोर्ट)

himal post - २०७४, ५ माघ १०:५९

किङ खनाल ललितपुर १ बाट चुनाव जितेर प्रतिनिधि सभाको सांसद बनेका नवराज सिलवाल यति बेला फरार छन् । उनले प्रहरीको…