सन्दिपलाई एक पछी अर्को सफलता: क्यानाडाको लिगमा खेल्दै - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सन्दिपलाई एक पछी अर्को सफलता: क्यानाडाको लिगमा खेल्दै



आइपिएलमा छनौट भएदेखि नै चर्चाको चुलिमा रहेका नेपाली लेग स्पीनर सन्दीप लामिछानेले अब क्यानडाको ग्लोबल टि–२० लिगमा पनि खेल्ने भएका छन् ।

कुल ६ टिम संलग्न यस लिगमा सन्दीपलाई मन्टरियल टाइगर्सले आफ्नो टिमको लागि छनौट गरेको हो । उक्त टिममा सन्दीप सँगै अन्तर्राष्ट्रिय क्रिकेटका वेष्ट इन्डीजका सुनिल नारिन, श्रीलंकाका थिसारा परेरा र लासिथ मालिंकाको साथै पाकिस्तानका मोहम्मद हफिज पनि छन् ।

डबल राउन्ड लिग आधारमा खेलिने यो प्रतियोगिता २८ जुन देखि सुरु भइ १५ जुलाई सम्म सम्पन्न हुनेछ । गत फेब्रुअरीमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले यो प्रतियोगिता आयोजनागर्न स्वीकृति दिएको थियो ।

सन्दीपले मे ३१ मा विश्व ११ बाट क्रिकेट खेलेका थिए भने अब वेष्ट इन्डीजको टि–२० लिग क्यारेबियन प्रिमियर लिग खेल्ने पनि तालिका रहेको छ ।

यो सँगै सन्दीप नेपालबाहेक अरु ३ देशको क्रिकेट लिग खेल्ने पहिलो नेपाली खेलाडि भएका छन् ।