क्यान इन्फोटेकको रौनक बढ्दै, १ लाख ४० हजार भन्दा बढिले गरे अबलोकन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

क्यान इन्फोटेकको रौनक बढ्दै, १ लाख ४० हजार भन्दा बढिले गरे अबलोकन



 

हिमाल्पोष्ट/काठमाडौं ।

काठमाडौको भृकुटीमण्डपमा जारी “क्यान ईन्फोटेक” मेलामा शनिबार तेश्रो दिन  ६९ हजार ४ सय ७८  जनाले अवलोकन गरेका छन् । पहिलो दिन ३४ हजार एक सय ५४ जनाले अवलोकन गरेकोमा दोश्रो दिन शुक्रबार  ३६ हजार १ सय १८ जनाले अवलोकन गरेका थिए ।

 

मेलामा व्यवसायीहरुले नगद छुट, निःशुल्क जडान, फ्रि सर्भिस, उपहार लगायतका अफरहरु ल्याएका छन् । सुबिसुको कम्बो अफर, सामसुङको छुट, साथी कम्प्युटरको अफर लगाएतका कारण अबलोकनकर्ताहरुलाइ सहुलियत र उत्साह मिलेको बताइएको छ।

 

यस पटकको इन्फोटेकमा ग्याजेट्सहरुको रौनक देखिएको छ । हुवावे, ओप्पो, मेइजु, लेनोभो, माइक्रोम्याक्स, वानप्लस, एमआइ, ब्लाकभ्यू लगायतका स्टलहरुमा शनिबार अवलोकनकर्ताको भरिभाउ देखियो । त्यसैगरी इन्टरनेट सेवाप्रदायक कम्पनीहरु भायनेट, वेबसर्फरका साथमा नेपाल टेलिकमको फोरजी अफरमा विशेष आकर्षण देखिएको थियो।

 

मेलामा सोनीले नेपालमै पहिलो पटक सार्वजनिक गरेको पावरबैंक टिभीमा पनि आकर्षण बढेको छ । यसमा सोनीले १५ प्रतिशत छुट उपलब्ध गराएको छ । त्यस्तै संसारकै सबैभन्दा सानो स्टिक कम्प्युटर मेला अवधिभर मात्रै ११ हजार ५ सयमा उपलब्ध गराइएको छ । मेलाकै अवसरमा नेपालका लागि नयाँ मोबाइल वालेट खल्ती पनि सार्वजनिक गरिएको छ । त्यसै गरी फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी लगायत पनि विशेष अफरसहित उपलब्ध छन् ।

 

मेलामा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् लगायत गरी १५८ कम्पनीका २२२ स्टल रहेका छन ।

 सोमबार बिजनेश डे

जारी मेलामा सोमबारलाइ बिजनेश डे घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क १००/- तोकिएको छ । उक्त दिन विशेष गरी बिजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनको लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्षरुपमा बिजनेश डिल गर्न सक्ने क्यान कोषाध्यक्ष रञ्जीत पोध्दारले जानकारी दिए।

 १६ र १७ गते आइसिटी सम्मेलन हुँदै।

त्यस्तै क्यान आई.सी.टी कन्फेरेन्स माघ १६ र १७ सोल्टी क्राउन प्लाजामा हुने क्यान महासंघका महासचिव  विश्व राम बलामीले बताए ।   उनका अनुसार –  इन्फरमेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी फर सस्टनेवल डेभ्लोमेन्ट , स्मार्ट सिटी/ भिलेज/ कम्युनिटि, स्मार्ट एग्रिकल्चर, स्मार्ट एजुकेशन, स्मार्ट हेल्थ विषय वस्तुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुबाट कार्यपत्र पेश गर्ने बताइएको छ।