अभानेस्ववियु सिएद्वारा अन्तरकृयात्मक कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

अभानेस्ववियु सिएद्वारा अन्तरकृयात्मक कार्यक्रम सम्पन्न



नयाँ दिल्ली

भारत नया दिल्लीको लक्ष्मीनगरमा  सी. ए अध्ययनरत नेकपा एमाले निकट विद्यार्थीहरुको सङ्गठन अभानेस्ववियु, सिएद्वारा  सोमबार “अबको आर्थिक नीति र चुनौतीहरू” विषयक अन्तरकृयात्मक कार्यक्रम सम्पन्न गरेको छ।

अनौपचारिक ढङ्गले सञ्चालित उक्त कार्यक्रममा  पूर्व अर्थ मन्त्री एवं नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र  पूर्व अभानेस्ववियू अध्यक्ष  एवं नेकपा एमालेका विदेश विभाग सदस्य दीपक प्रकाश भट्टको आतिथ्यतामा बिधार्थीहरुको उत्साहजनक सहभागिताका बिच सम्पन्न भएको हो ।

अतिथिहरूलाई बिष्णुदेव यादव, राज ढकाल, धिरज साधना र भीष्म पोखरेलले स्वागत गरी  कार्यक्रमको सुरु गरिएको थियो।

कार्यक्रममा बोल्दै पाण्डेले अबको आर्थिक विकासमा सिएहरुको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको बताउनु भयो। उत्पादन र ब्यापारनै अब आर्थिक समृद्धिको मुलभुत आधार रहेको बताउँदै उहाँले अबको बजेटले उत्पादन र व्यापारमा आर एण्डी (Research & Development) मा न्यूनतम १% बजेट छुट्याउनु पर्ने बताउनु भयो।

कार्यक्रममा भट्टले “सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्ध” विषयमा आफ्नो एकदमै छोटो र सार्गर्भित मन्तव्य दिनु भयो। सुरक्षा र त्यसका चुनौतीहरूप्रति धारणा व्यक्त गर्दै जनता सुरक्षित भए देश सुरक्षित हुने र देश सुरक्षित भएमात्र देशले समृद्धिको पथमा पाइला चाल्न सक्ने बताउनु भयो। त्यस्तै विश्वकै सबैभन्दा ठुलो गणराज्य र विश्वकै सबैभन्दा ठुलो प्रजातान्त्रिक मुलुकहरू बीचम रहेको हाम्रो देश नेपालले यी दुवै देशबाट आर्थिक, सामाजिक, सांस्कृतिक एवं सैद्धान्तिक फाइदाहरू मनग्यै लिनुपर्नेमा त्यसो गर्न नसकिएको उहाँले बताउनु भयो।

दुवै अतिथिले भारतीय बोर्डबाट उत्तीर्ण विद्यार्थीले गर्नुपर्ने १ बर्से आर्टिकलसिपको सन्दर्भमा अभानेस्ववियु, सिए समितिले उठाएको मुद्धाप्रति आफू तथा पार्टी गम्भीर रहेको र आवश्यक परे छ्लफल पश्चात् नितीनै संशोधन गर्न पहल गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो।

कार्यक्रमलाई सञ्चालन गर्दै अभानेस्ववियू, सिए समितिका अध्यक्ष  सुधन महतले उपस्थित सम्पूर्ण विद्यार्थी  , अतिथि  एवंम्  कार्यक्रम सफल पार्न विशेष रूपमा सहयोग गर्ने सबैलाई आभार ब्याक्त गर्नु भएको थियो  ।