बुवाले गर्लफ्रेन्डलाई प्रपोज गर्दा तीन वर्षीय छोरोले पछाडि सुसु गर्यो (भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बुवाले गर्लफ्रेन्डलाई प्रपोज गर्दा तीन वर्षीय छोरोले पछाडि सुसु गर्यो (भिडियो सहित)



गर्लफ्रेन्डलाई प्रपोज गर्नका लागि केटाहरू जे पनि गर्छन्, आखिर उनीहरूलाई त्यो क्षण यादगार बनाउन मन लाग्छ ।

तर अमेरिकामा एक व्यक्तिको प्रोपोजल उसको छोराको कारण स्मरणयोग्य रह्यो । बुवाले गर्लफ्रेन्डलाई प्रपोज गर्दा उनको तीन वर्षीय छोरो चाहिँ पछाडि सुसु गरिरहेको थियो ।

सामाजिक सञ्जालमा यो भिडियो भाइरल भएको छ । मानिसहरूलाई यो खुबै रमाइलो लागेको थियो ।

केभिन पर्सितुलाले आफ्नी गर्लफ्रेन्ड एलिजा एलिजाबेथलाई प्रपोज गदाए केभिनका छोरालाई कुनै मतलब थिएन र उनी सुसु गर्न थाले ।

भिडियो हेर्दा देखिन्छ, केभिन घुँडामा बसेर एलिजालाई प्रपोज गरिरहेका देखिन्छन् । त्यतिखेरै उनको छोरा पछिल्तिर जान्छ र पाइन्ट खोलेर सुसु गर्न थाल्छ ।

उनीहरूको साथीले भिडियो बनाइरहेका हुन्छन् तर उनले छोरोको हर्कतका बारेमा बताउँदैनन् । पछि चाहिँ केभिनले क्यामरातिर हेर्दा साथीले इशारा गर्छन् अनि हाँस्न थाल्छन् । बच्चाको निर्दोष हर्कत सामाजिक सञ्जालमा खुबै मन पराइएको छ ।