बुटवलमा क्यान इन्फोटेक आजबाट सुरु - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बुटवलमा क्यान इन्फोटेक आजबाट सुरु



हिमाल पोस्ट / बुटवल   ।  कम्प्युटर एशोसिएसन अफ नेपाल रुपन्देहीका आयोजनामा बुटवलमा क्यान इन्फोटेक आजबाट सुरु  भएको छ ।


छैठौं संस्करणको इन्फोटेक बुटवल–१२ रामनगरस्थित बुटवल मण्डपमा फाल्गुण १२ देखि १६ सम्म चल्ने छ  ।

डिजिकम क्यान ईन्फोटेक २०१७ इन एशोसिएशन विथ इन्फो डेभलपर’ नामक सूचना प्रविधि मेलामा करिब ७०  लाख रुपैयां खर्च हुने इन्फोटेक २ लाख दर्शकलाई अवलोकन गराउने आयोजकको लक्ष्य छ ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विश्वमा भएका विकास तथा नया नयँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले मेला आयोजना गरिएको मेलामा राष्ट्रिय–अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुका १ सय ३० स्टल रहने छन् ।
मेलामा विभिन्न ब्राण्डका कम्प्युटर,ल्यापटप, ईन्टरनेट सेवा प्रदायक कम्पनी, सफ्टवेयर डेभलपर, मोबाइल, एसेसोरिज, लगायतका स्टलहरु सहभागी रहनेछन् ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुबाट स्मार्ट सिटी,डिजिटल लुम्बिनी,स्मार्ट एग्रिकल्चर,स्मार्ट एजुकेसन,स्मार्ट हेल्थ,आदि विषयमा कार्यपत्रहरु पेश हुने  सुरेश भट्टराइले बताए ।