बुटवल उप महानगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल हुने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बुटवल उप महानगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल हुने



बुटवल, जेठ ३० ।

बुटवलउप महानगरपालिकामा स्थानीय तहक़ो दोश्रो चरणको चुनावका लागि नेपाली  कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल हुने भएको छ ।

माओवादी केन्द्रका नेता दीपक चुदालीले दिएको जानकारी अनुसार दुबै पार्टीबीच बुटवल उप महानगर र देवदह नगरपालिकाका लागि तालमेल भएको हो ।

सहमती अनुसार बुटवल उपमहानगर पालिका मेयरमा नेपाली कांग्रेसका खिलराज पाण्डे र उपमेयरमा माओवादी केन्द्रका जगत बहादुर पाेख्रेलले उम्मेदवारी दर्ता गर्ने छन । यस्तै देवदह नगरपालिका मेयरमा नेपाली कांग्रेसका हिरा ब केसी र उपमेयर माओवादीका टीका न्याैपाने रहने सहमती भएकों छ ।

अन्य नगरपालिकामा पनि तालमेलको लागि छलफल भईरहेको उनले जनाए ।