बुटवलमा प्रशासन र व्यवसायीको समन्वयमा रात्रीकालिन गस्ती - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बुटवलमा प्रशासन र व्यवसायीको समन्वयमा रात्रीकालिन गस्ती



झविन्द्र देवकोटा

बुटवल। बुटवल क्षेत्रमा रहेका मोबाइल पसलमा भएको श्रृंखलाबद्ध चोरीलाई रोक्नका लागि प्रहरीप्रशासन र ब्यवासायिबीचको समन्वयमा बुटवलक्षेत्रमा सुरक्षा गस्ती हुने भएको छ । आगामी दिनमा मोबाइल पसलमा
हुने गरेका चोरीका घटना दोहोरिन नदिन र चोरीकार्यमा संलग्नलाई नियन्त्रणमा लिन सजिलोका लागि प्रहरीप्रशासन र मोबाइल व्यवसायी बिचमा रात्रि गस्ती हुने भएको हो ।

मोबाइल पसलमा भएको श्रृंखलाबद्ध चोरी र चोरीकार्यमा संलग्न पक्राउ नपर्ने र घटना दोहोरिन थालेसँगै बुटवल उद्योग वाणिज्य सङ्घ, वस्तुगत मोबाइल समिति र इलाका प्रहरी कार्यालय बुटवलको बिहीबार बसेको संयुक्त बैठकले बुटवल क्षेत्रमा हुने चोरीकार्य नियन्त्रण गर्ने आन्तरिक सुरक्षानीतिलाई पनि अगाडि बढाएको छ ।

यसअघि चोरी भएका मोबाइल पसल, मोबाइल सेट र आगामी दिनमा चोरी हुन सक्ने सम्भावित गतिविधिलाई व्यवसायी र प्रहरी प्रशासन मिली सुल्झाउने सहमति समेत भएको छ । सहमतिसँगै प्रहरी प्रशासनलाई दबाब दिन व्यवसायीले आफ्ना पसल अगाडि राख्ने भनेको कालो झन्डाको कार्यक्रम हालका लागि स्थगन गरेका छन् ।

कार्यक्रममा बुटवल उद्योग सङ्घका अध्यक्ष खिमबहादुर हमालले महिनै पिच्छे हुने चोरी कार्यलाई रोक्न र संलग्नलाई पक्राउ गर्ने ब्यवसायिकको सहयोग ठुलो रहने उल्लेख गर्दै विनाबर्दीका प्रहरी व्यवसायीले कुनै
व्यक्ति पसलमा आउन आशङ्का लागेमा बर्दीवाला प्रहरीलाई खबर गरी सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले बुटवल क्षेत्रमा हुने जस्तोसुकै आपराधिक क्रियाकलापलाई निरुत्साहीत गर्न प्रहरी प्रशासनको सहयोग गर्न कसर बाँकी नराख्ने बताउनुभयो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख केशव भट्टराईले मोबाइल पसल मात्र होइन बुटवल क्षेत्रमा हुने जस्तोसुकै चोरी कार्यमा संलग्नको खोजी र पक्राउका लागि प्रहरी दिनरात सक्रिय रहेको बताउनुभयो । उहाँलेभन्नुभयो– ‘मोबाइल चोरीको केशमा हामी संवेदनशील छौँ, हामीसँगै अव व्यवसायी पनि सुरक्षित र चनाखो हुनु पर्छ, व्यवसायी सचेत रहे यस्ता घटना धेरै कम हुने छन् ।

सटर अगाडि चेन्नलगेट लगाउने, पसल अगाडि लाइट जलाई राख्ने गर्नु पर्छ ’ कार्यक्रममा बुटवल उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष हरिप्रसाद अर्याल, वस्तुगत मोबाइल समितिका सभापति विष्णु ज्ञवाली, वडा प्रहरी कार्यालय रामनगरका प्रमुख प्रहरी निरीक्षक अमरबहादुर थापा, व्यवसायी शुक्रप्रसाद बस्याल, शिवदेव अर्याल, लक्ष्मण खड्का लगायतले मोबाइल पसलमा भएको चारीले सुरक्षा चुनौती बढाएको बताउनुभयो ।

बितेको एक महिनाको अवधिमा तीनवटा मोबाइल पसलमा चोरी भएको छ भने पछिल्लो पाँच वर्षमा दशबढी मोबाइल पसलमा भएको चोरीले झन्डै दुई करोडको नोक्सानी व्यवसायीले ब्यहोर्नु परेको छ । यसैबिच जिल्ला प्रहरी कार्यालयले आफू मातहतका अधिकारीलाई पछिल्लो घटनाक्रमलाई निरुत्साहित गर्न निर्देशन दिएको पनि बिझिएको छ । बुटवल क्षेत्रमा देखिएको रात्रीकालिन सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै बुटवलमा रहेका सीसीटिभी क्यामरालाई मर्मत तथा थप गर्ने र सम्भव भएमा बुटवल क्षेत्रमा ५० बढी नाईटभिजन क्यामरा राख्ने विषयमा अध्ययन भई रहेको बुटवल उद्योग वाणिज्य सङ्घले जनाएको छ ।