रुपन्देहीमा ७५ निर्वाचन क्षेत्र अति संवेदनशिल - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

रुपन्देहीमा ७५ निर्वाचन क्षेत्र अति संवेदनशिल



आचार्य प्रदीप
बुटवल : दोस्रो चरण अन्तरगत मंसीर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि रुपन्देहीमा कायम गरिएका २ सय ८ वटा मतदान स्थल मध्ये ७५ वटा मतदान स्थल अति संवेदनशिलमा रहेका छन् ।

जिल्लाको २ सय ८ मतदान स्थलमध्ये ७५ मतदानस्थललाई अति संवेदनशील, ४२ मतदानस्थललाई संवेदनशील र ९१ वटा मतदानस्थललाई सामान्यको सूचीमा राखिएको रुपन्देहीका साहयक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए ।

मतदानस्थललाई विशेष गरी जिल्ला सदरमुकामदेखि पश्चिम दक्षिणी, पश्चिमी र पूर्वी क्षेत्रलाई अतिसंवेदनशील र संवेदनशीलमा बर्गिकरण गरिएको बताउँदै उनले जिल्लाको उत्तरी क्षेत्रमा रहेका मतदानस्थललाई सामान्यमा वर्गिकरण गरिएको बताए ।

जिल्लाको पश्चिम दक्षिणी मर्चवार, लुम्बिनी, धकधई, सालझण्डी, देवदह र उत्तरी भागको केही मतदान स्थललाई अति संवेदनशील र संवेदनशीलमा वर्गिकरण गरिएको उनले बताँदै भारतसगँको खुला सीमा रहेको कारण पनि सिमासगँ टासिएको क्षेत्रका अधिकांश मतदानस्थललाई अतिसंवेदनशीलमा वर्गिकरण गरिएको बताए ।

निर्वाचनको सुरक्षाको लागि म्यादी प्रहरी करीब दुई हजार तीन सय, नेपाल प्रहरी एक हजार दुई सय, सस्शत्र प्रहरी एक हजार र नेपाली सेना करीब पाँच हजार खटिने उनले जानकारी दिए । आवश्यक परेमा आर्मिहरुको समेत ब्यवस्था रहेको उनले जानकारी दिए ।

पाँच वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा २ सय ८ वटा मतदानस्थल, ५ सय ९८ वटा मतदान केन्द्र रहेका छन् भने ५ लाख २२ हजार ६ सय २ मतदाता रहेका छन् ।