उत्कृष्ठ नगर बुटवलमा ७ सार्वजनिक सौचालय ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

उत्कृष्ठ नगर बुटवलमा ७ सार्वजनिक सौचालय !



कृष्ण प्रसाद आचार्य : बुटवल । 
बिनोद महत यात्राको क्रममा बुटवल बसपार्कमा भएको बेला उनलाई सौज जाने मन लाग्छ । बसपार्क बाहीर रहेका उनी कोही ब्यक्तिको सहयोगमा बसपार्क भित्रको सौचालय जान्छन्। उनले सोच गरेवापतको ५ रुपैयाँ पनि दिन्छन् । त्याहँबाट निस्कदाँ उनलाई खोकि सुरु हुन्छ । उनि भन्छन् ‘पिसाब फेर्न प¥यो सौचालय गएँ, अब कहिल्यौ जान्दीन् ।’

उनलाई सौचालय जान समेतअब मन नलाग्ने गरेको गुनासो समेत उनको छ । उनले भने– ‘सौच गर्न के सौचालय जानु , जानलाई सौचालयनै छैन्न् भएका सिमित सौचालय पनि प्रयोग गर्न लाएक त कहाँ छन् र ? बध्यताले जानै पर्छ भित्र पस्यो बिरामी भईन्छकि भन्ने डर हुन्छ।’

उनी मात्र होइन बुटवल भएर ओहोरदोहोर गर्ने यात्रुले दिशापिसाबले च्याप्दा पनि सहेर हिँड्नु परेको छ । अर्को सर्वसाधारणको घुँइचो लाग्र्ने ठाउँमा हो– राजमार्ग चौराहा यहाँ उपमहानगरपालिकाले बनाएको एउटा सौचालय छ । त्यो सौचालय केही व्यबस्थीत देखिए पनि नगरपालिकाले अनुगमन नगर्दा र मुख्यमार्गमा एउटा मात्र हुदा यहाँको सौचालय पनि फोहर र दुर्गन्धित छ ।

प्रदेश राजधानिको अस्थायी मुकाम रुपन्देही त्यस मध्येकै पटक पटक उत्कृष्ट नगरपलिका बनेको बुटवल उपमहानगरपालिकामा भिडभाड हुने क्षेत्रमा समेत सार्वजनिक सौचालयहरु राख्न सकेको छैन् । हाल बुउनपा संग जम्मा ७ वटा सार्वजनिक सौचालयहरु रहेका छन् ।

संघिय संरचना अनुसार प्रदेश नम्बर ५ को अस्थायी राजधानीका मन्त्रालयहरु रहेको बुटवलमा करिब दुई लाख पचास हजार जनसंख्या रहेको रहेपनि सर्वसाधारणको लागी भने ७ वटा मात्र सार्वजनिक सौचालय छन् ।
नेपाल सरकारको कार्यसम्पादन मूल्यांकन मापदण्डको आधारमा बुटवल उत्कृष्ट नगरको रुपमा लगतार पाचँ पटक सम्मानित भई सकेको छ ।

केही दिन अघिमात्र बुटवलनगरलाई नेपाल नगरपालिका संघको रजत महोत्सव समारोहमा पुन प्रदेशको उत्कृष्ट नगरका रुपमा सम्मान गरको छ । नगरको वातावरण, सहरी सुशासन, वित्त व्यावस्थापन, सामाजीक परिचालन लगाएतका विषयलाई आधार बनाएर गरीएको मापनमा बुटवल नगर पटक पटक उत्कृष्ट हुनुले नगरबासीको शिर उचो बनाएको छ ।

करिब दुई लाख पचास हजार जनसंख्या बस्ने बुटवलमा पर्याप्त सार्वजनिक सौचालय नहुँदा सर्वसाधारण र बटुवाले सास्ती भोगीरहेका छन् । २०६८ को जनगणना अनुसार बुटवल नगरको जनसख्या १,३८,७४२ थियो । हाल करिब दुई लाख पचास हजार जनसख्या भएको अनुमान गरिएको छ ।

उत्कृष्ट नगरका बासिन्दा यात्राको क्रममा सौच लाग्दा खुल्ला ठाउँ कि त च्याप्दा पनि सहेर हिँड्नु पर्ने बध्यतामा छन् । बुटवल उपमहानगरपालिकाले दिएको तथ्यांक अनुसार उपमहानगरमा जम्मा सात वटा मात्र सौचालय छन । भएका ति सात सौचालय पनि सडक आसपासका नभै कतै हाटबजार त कतै अटोभीलेजमा छन् । सडक आसपासको सौचालय राजमार्ग चौराहको मात्र हो ।

नगरपालिका संग भएका ७ वटा सौचालय पनि अत्यन्त दुर्गन्धित र फोहर छन् । सौचालय दुर्गन्धित हुदा सौचालय जानेलाई रोगको जोखिम बढेको छ । १९ वडा कार्यलय रहेको बुटवल उपमहानगरमा कुल ७ मात्र सौचालय हुनु र भएका ति सौचालयलाई पनि व्यावस्थीत गर्ने तर्फ नगरपालिकाले ध्यान नपुराउदा भुँइमा दिसापिसाब जताततै भएका सौचालय प्रयोग गर्न सर्वसाधारण बाध्य छन् ।

सार्वजनिक शौचालय प्रयोग गरेबापत पिसाबका लागि ५ र दिसाका लागि १० रुपैयाँ शुल्क उठाइन्छ । यो शुल्क भनेको सेवासुविधा उपलब्ध गराएबापतको हो । तर, शुल्क मात्रै लिने सेवासुविधामा भने ध्यान नदिने प्रवृत्ति देखिएको छ ।

ट्रफिकचोक, बसपार्क, नेपालगंज रोड र राजमार्ग चौराहा सर्वसाधारण र यात्रीको भीडभाड भइरहने क्षेत्र हो । तर यस क्षेत्रको नत ट्रफिकचोकमा सौचालय छ, नत नेपालगंज रोडमा नै । हजारौं मानिसको भीडभाड भइरहने यो ठाउँमा पैदल यात्रुले सौचालय प्रयोग गर्न पाएका छैनन् ।सार्वजनिक सौचालय नभएकाले यात्रु दिशापिसाबले च्याप्दा पनि दबाउनुपर्ने बाध्यतामा छन् ।

सौचालयहरु व्यवस्थित नहुँदा त्यसको मारमा सर्वसाधारण प्रतक्ष रुपमा पर्ने गरेका छन् । मानिसको स्वास्थ्यसगं प्रत्यक्ष्य सरोकार राख्ने सौचालयको उचित व्याबस्थापन नर्गदा सर्वसाधारणको स्वास्थ्य दुर्बल हुदै गएको छ ।

बुउमनपा गम्भीर छैन 

बुटवल उपमहानगरपालिकाका सुचना अधिकारी लेखनाथ पोखरेलले सार्वजनिक जग्गा नभएकाले चाहेर पनि सहरी क्षेत्रका सौचालय बनाउन नसकिएको बताए । उनले भने, ’सहरको जनसंख्या हेर्दा र मुख्य नाका भएकाले पनि सार्वजनिक सौचालय अत्यन्त आवश्यक छ,तर चाहेर पनि सार्वजनिक जग्गा नभएकाले हामी बनाउन सकेका छैनौं,उचित ठाउँको खोजि हुदै छ । मुख्य मार्गको बिभीन्न ठाउँमा गरेर अझै ४÷ ५ सार्वजनिक सौचालयको आवश्यक छ ।

त्यो हामी सबैले महशुस गरेका छौ । उनले थपे हामी घुम्ति सौचालय प्रयोगमा ल्याएर पनि हेरेकै हो, तर त्यसको प्रयोग खासै उपयुक्त भएन । अब नेपालगञ्ज रोडमा एक महिला मैत्री सौचालय निमार्णको चरणमा छ ।’

उता बुटवल नगरमा सञ्चालित ७ वटा शौचालयमध्ये १ वटाले मात्र राजस्व तिर्ने गरेको उपमहानगरपालिकाका सूचना अधिकारी पोखरेलले बताए । उनका अनुसार राजमार्ग चौराहमा निजी क्षेत्रले चलाएको सौचालयले मात्र मासिक रुपमा रु ४००० राजस्व बुझउने गरेको छ । अन्य भने केही टेन्डरमा त केही समुदायले सौचालय सञ्चालन गर्न दिएकाले राजस्व समेत बुझाएका छैनन् ।

बुउनपा संग भएका ७ मात्र सौचालय पनि उपमहानगर आफैले सञ्चालन गरेको छैन । बुटवल उपमहानगरकाका नायब सुब्बा ठगिश्वर पोखरेलले भने– नगरपालिका आफैले सौचालय सञ्चालन गरेको छैन । त्यहीको स्थानिय समुदाय वा सम्बन्धित कसैलाई जिम्मा दिईएको छ ।

उनका अनुसार बुटवलको वडा नं १ मा २ सौचालय रहेको छ । जसलाई स्थानिय समुदायलाई जिम्मादिईएको छ । यस्तै बउमनपाको वडा नं २ मा १ सौचालय रहेको जसलाई मैनाबगर अटोभिलेजलाई जिम्मा लगाईएको छ । यता वडा नं ५ मा पनि १ सौचालय रहेको छ । जसलाई निजि क्षेत्रलाई जिम्मा लागाईएको छ ।

वडा नं ७ मा रहेको १ सौचालय लाई निजि क्षेत्रलाई, वडा नं ८ मा रहेको १ सौचालय लाई पनि निजि क्षेत्रलाई र वडा नं ९ मा १ सौचालय लाई बसपार्क टर्मिनल सञ्चालकलाई जिम्मा लगाईएको उनले जानकारी दिए । अन्य वडाहरुमा भने सार्वजनिक सौचालय छैनन् ।