नेबिसंघको प्रदर्शनमा २ नेता गिरफ्तार, बिहान ९ देखि १० बजेसम्म बुटवलमा चक्काजाम - Himal Post Himal Post
  • ३ बैशाख २०८१, सोमबार
  •      Mon Apr 15 2024
Logo

नेबिसंघको प्रदर्शनमा २ नेता गिरफ्तार, बिहान ९ देखि १० बजेसम्म बुटवलमा चक्काजाम



बुटवल : नेबिसंघले बुटवलमा निकालेको जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।

गणतन्त्र दिवसका अवसरमा उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा जेल सजाय भोगिरहेका पूर्वसभासद ढुंगेललाई सरकारले आम माफी दिएको भन्दै नेविसंघले जुलुस निकालेको थियो । बुटवलका विभिन्न स्थानबाट निस्किएको नेबिसंघको बिरोध जुलुस शान्ति पूर्वक बुटवलको मिलनचोकमा पुगेर प्रधानमन्त्री केपि ओलीको पुत्ला जलाएको थिए ।

पुत्ला जलाउने बेलामा प्रहरीले हस्तक्षेप गरेको नेबिसंघ सिद्धार्थ गौतम बुद्ध क्यामपसका सभापति महेश शर्मा पौडेले बताउनुभयो ।

उनीहरुले ओली सरकार मुर्दाबाद, ढुंगेललाइ जेल हाल ,बैदेशिक हस्तक्षेप बन्दगर,तानाशाही शैली बन्द गर जस्ता नारा लगाएका थिए ।

फाइल तस्विर