बुटवलबाट गुल्मीकी 'कुमारी' बेपत्ता ,भारत आएको आशंका ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बुटवलबाट गुल्मीकी ‘कुमारी’ बेपत्ता ,भारत आएको आशंका !



देबेन्द्र केसी, नयाँ दिल्ली

भनिन्छ नेपाल देवी देवताहरुको मुलुक हो। हिन्दु धर्ममा सबै देवी देवताहरु लाई मृत देखाईए पनि देवी “कुमारी”लाई जीवित देवी मानिन्छ र हरेक वर्ष काठमाडौँ मा ३२लक्षणले युक्त कुमारी केटी खोजेर पूजा गरिन्छ तर तिनै कुमारी पश्चिम नेपालको व्यस्त सहर मानिने र प्रदेश नं ५ को प्रस्तावित राजधानी बुटवल बसपार्कबाट रहस्यमयी रूपमा लापता भएको सनसनीखेज मामला प्रकाशमा आएको छ तर फरक परिस्थि र प्रसङ्गमा।

प्राप्त जानकारी अनुसार गुल्मी जिल्ला, कालिगण्डकी गाँउपालिका, वार्ड नं ७ भुर्तुङ्ग,छिसका प्रेम बहादुर केसी र कौसिला केसीकी २२ बर्षिया छोरी कुमारी केसी मङ्सिर २६ गते पत्थरीको समस्या देखिएपछि उपचार गराउन बुटवल आएकी थिइन । बुटवल स्थित बुटवल नर्सिंग होममा पत्थरीको जाँच गराउदा पत्थरी नदेखिए पछि मङ्सिर २९ गते निजका दाजु कुमार केसीले बुटवलबाट बरेड्ग जाने लु१ज २०२५ नंम्वरको जिपमा बिहान ८ बजे बसालेका थिए । बुटवलमा कार्यरत निजका दाजु कुमारले घरको लागि केही समान र पैसा पनि बहिनी कुमारीको हातमा पठाएका थिए।”ल जिप पनि सिरान धारा कै रहेछ तिमलाई केही समस्या हुँदैन, बिच बिचमा फोन गरिराख्नु है ” कुमारले बहिनी लाई सम्झाउदै भनेका थिए ।

आफू नै स्वयम् गएर सिटमा बसालेकी बहिनी राति ८ बजे सम्म घर नपुगेपछि दाजुको मुटुमा अनहोनीको आसंकाले ढ्याड्ग्रो ठोक्न सुरु गरिहाल्यो। उता घरपरिवारले पनि रातारात कुमारीको खोजविन सुरु गर्‍यो । रातभरि छोरीलाई खोजेर लखतरान परेको शरीर र भिजेका आँखालाई सानो आसाको किरण बनेर सोही गाँउपालिका, अंधेरी खोलाका सम्शेर गुरुङ्ग एका बिहानै आईपुगे “यो समान र पैसा लगेर घरमा दिनु है दाइ भनेर तपाईँको नानीले पठाएकी छिन ” समशेरले पोको र पैसा आमालाई थमाउदै भनेँ । “हैन छोरी खै त ” आमाको प्रश्न खस्न नपाउदै “म त बहिनीलाई खासै चिनिन, छिस प्रेम बुबाकोमा दिनु मेरो यहाँ काम छ भनिन म त सोझै सोँचे र ल तनि सामान लगिदिन्छु भनेको , बरु त्यो जिपको ड्राईभरलाई सोध्नु न “सम्शेरले आईडिया सुझाए ।

बुटवलबाट कुमारले जिपको ड्राईभरलाई बहिनीको बारेमा सोध्दा अनभिज्ञ बनें “खै मत हतारमा थिंए तिनी नानी बुटवल मै झरिन या सान्तिपुर मत मेसो पाइन ” गैरजिम्मेदार बचन बोलेर फोन काटे ड्राईभरले ।बहिनीको पिरले रोम्ल्लिएका दाजु कुमारले सबै ठाउँमा फोन गरेँ, पुग्ने ठाउँ पुगे र बहिनी जान सक्ने सम्भावित स्थानको खोजीनिति गरे पनि कहीँ कतै फेला नपरे पछि पुस २ गते इलाका प्रहरी कार्यालय बुटवलमा लिखित उजुरी सहित बहिनी खोजिदिन आग्रह गरे । प्रहरीलाई बहिनी खोजिदिन अनुरोध गरेर घर फर्केका कुमारलाई घरबाट बाबाले फोन गरेर बहिनीले पुस १ गते नै नातामा भाउजू पर्ने पबित्रा केसीलाई म भारत तिर जाँदै छु र नेपाल -भारत बोर्डरमा छु भनेर फोन गरेको बताएपछि दाजुलाई झन् तनाव थपिदियो ।

बहिनीको सँग भारत जाँदै छ ? कतै….. परिवारमा थप तनाव थपिदिएको छ उनको अन्तिम फोन कलले तै पनि सासको आस बाँचेको छ । “आमाले छोरीको पिरले रोएर दिन रात कटाएकी छिन ।कसैलाई मनपरेको भए मलाई भनेको भए म कहाँ नाई भन्थें र ? कहाँ छौ बहिनी तिमी फर्की आऊ “भक्कानिदै कुमारले भने । भाउजूलाई फोन गरेको नम्बरमा कल गर्दा “सम्पर्क हुन सकेन “भन्दा बिछिप्त हुन्छ परिवारको मन । “भारतमा बहिनी जान सक्ने सबै ठाउँमा फोन गर्दा कतैबाट सन्तोष गर्ने जवाफ आउदैन लौन बहिनीको सोधी खोजी गरिदिनु पर्‍यो “पड्तिकारलाई कुमारले रुंदै अनुरोध गरे । नेपालबाट भारत तिर आउने सम्पूर्ण ट्रावल्स र सरकारी बस सेवा कम्पनी लगायत दूतावास सँग पनि समन्वय गरी सोधी खोजी गर्न टिम नै बनाएको छ गुल्मी-भुर्तुङ्ग सम्पर्क समिति (भारत) ले । यदि नेपाल या भारत कहीँ कतै यी चेलीको बारेमा कसैलाई पनि जानकारी भए निम्न नम्बरमा सम्पर्क गरी सहयोग गरिदिनु हुन अनुरोध छ फेला पार्नु हुने महानुभावलाई उचित पुरस्कारको पनि ब्यव्स्था गरिएको छ ।
सम्पर्क :
भारत -0091-8800359488,9818538156
नेपाल -00977-9863772622,9814483947
कृपया मुटुको टुक्रा छोरी को अभावमा तड्पिएका परिवारको खुसी को लागि यति सहयोग गरिदिनु होला अस्तु ।