बन्दकर्ता छैनन् सडकमा तर प्रभाव उच्च - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बन्दकर्ता छैनन् सडकमा तर प्रभाव उच्च



आचार्य प्रदीप
बुटवल ।  रुपन्देहीको देबदह नगरपालिका ठोकावारमा युवा संघका कार्यकर्ता वसन्त पौडेल वलुको गोली हानी हत्याको विरोधमा आजबाट शुरु भएको अनिश्चितकालिन रुपन्देही बन्दको पहिलो दिन बन्दको प्रभाव उच्च रहेको छ ।
श्रृखलाबन्द्ध रुपमा आफ्ना नेता कार्यकर्तामाथि हत्या हुन थालेको भन्दै युवा संघ नेपाल रुपन्देहीले शनिबारदेखि अनिश्चितकालिन बन्द आह्वान गरेको हो ।
युवा संघले आज विहान ७ बजेदेखि अनिश्चितकालिन बन्द आह्वान गरेपनि सडकमा कुनै पनि बन्दकर्ता छैन्न ।
सडकमा बन्दकर्ता नभएपनि बन्दको प्रभाव सबै क्षेत्रमा परेको छ ।  मानवचालित रिक्सा , सञ्चारकर्मिका सवारी र एम्बुलेन्स बाहेक अन्य सवारी हिडेका छैन्न् । शनिबारको दिन परेको बन्दले बिद्यार्थीहरु तथा अन्य स्थानीयहरु सडकमा हिडीरहेका छन् ।
बन्दको सहमतिमा बुटवलको अस्पताललाईनका सबै क्लिनीकहरु समेत बन्द रहेका छन् ।  सडकमा प्रहरी गस्ती समेत भईरहेको छ । समाचार तयार पार्द सम्म कुनै क्षति नभएको ईप्रका बुटवलले जनाएको छ ।
ढेकावारमा मोटरसाईकलमा आएका आज्ञात व्यक्तीहरुले छातीमा गोली हानेर फरार भएको प्रहरीले जनाएको छ । गोलिलागि गंभिर घाईते पौडेलको बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा उपचारकैक्रममा मृत्यु भएको हो ।
हेरौँ केही तस्बीर