सल्यानमा यात्रुबहाक बस दुर्घटना हुँदा २० जना घाइते - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सल्यानमा यात्रुबहाक बस दुर्घटना हुँदा २० जना घाइते



काठमाडौं । सल्यानको सल्ली बजार नजिकै यात्रुबहाक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । एकको अवस्था गम्भीर छ ।

रुकुमको चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको ना ३ ख ९८७२ नम्बरको बस दुर्घटना हुँदा सडकबाट करिब सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ ।

सल्यानका डिएसपी भरतबहादुर बिकका अनुसार प्रारम्भिक अनुसन्धानमा गाडीको स्टेरिङ फेल भएर दुर्घटना भएको देखिएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।