दिल्लीबाट बुटवल जाँदै गरेको बसको ठक्करबाट भारतीय युवतीको मृत्यु, यात्रु बिचमै अलपत्र ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

दिल्लीबाट बुटवल जाँदै गरेको बसको ठक्करबाट भारतीय युवतीको मृत्यु, यात्रु बिचमै अलपत्र !



नयाँ दिल्ली- भारतको गाजियावादस्थित लालकुवामा नेपाली बसमा ठोक्किएर मोटरसाइकलमा सवार युवतीको घटनास्थल मै मृत्यु भएको छ । बस बुद्ध एडभेन्चर टुर एण्ड ट्राभलको रहेको र दिल्लीबाट बुटवल जाँदै गरेको बताइएको छ ।

मोटरसाइकलमा दुई जना रहेको र मृत्यु हुने युवती पछाडी बसेकी थिइन । आफ्नो साइडबाट चलिरहेको लु १ ख ८८२८ नम्बरको बसमा मोटरसाइकल ठोक्किन पुगी दुर्घटना भएको बताइएको छ ।

बिहान करिब १० बजेको समयमा लालकुवामा विपरीत दिशाबाट आएको मोटरसाइकल एक्कासि गाडीमा ठोक्किन पुगी दुर्घटना भयो र युवतीको घटनास्थलमै मृत्यु भयो स्थानीय प्रत्यक्षदर्शीले हिमालपोष्टसँग भने ।

बसमा सवार ४० जना यात्रुहरू बिच बाटोमै अलपत्र परेका छन् । नेपाली गाडीलाई प्रहरीले नियन्त्रण गरी गाजियाबादकै कबिनगर थानामा राखेको छ ।