बुधबारको ग्रहण निकै खतरनाक - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बुधबारको ग्रहण निकै खतरनाक



काठमाडौँ,  बुधबारको चन्द्रग्रहण खतरानाक निकै हुन सक्ने भविष्यवाणी गरिएको छ ।

ज्योतिषशास्त्रीहरुका अनुसार, बुधबारको खग्रास चन्द्रग्रहणले देशमा अस्थिरता ल्याउने, विदेशी दबाब बढ्न सक्ने र प्रतिष्ठित व्यक्तिहरुको समेत मृत्यु हुन सक्ने देखाएको छ ।

चर्चित ज्योतिषशास्त्री डा सुनिल सिटौलाले दैनिक नेपाललाई भने, बुधबार साँझ काठमाडौँमा ६ बजेर २६ मिनेटमा ग्रहण सुरु हुनेछ । ग्रहण देखिँदा आकाशमा सिंह लग्न उदाइरहेको हुन्छ । चन्द्रमा पनि सिंह राशी मण्डलमै हुन्छ । सिंह राशी अग्नि तत्व हो । यो स्थिर राशी पनि हो । शास्त्रमा अग्नि तत्वमा पर्ने ग्रहण निकै खतरानाक हुन्छ भनी लेखिएको छ ।

डा. सिटौलाका अनुसार, अग्नि तत्वमा ग्रहण लाग्दा निम्न खतराहरु हुन सक्छन् :

– देशमा झगडा र युद्द हुन सक्छ ।

– प्रतिष्ठित व्यक्तिको मृत्यु हुन सक्छ ।

– अन्तर्राष्ट्रिय दबाब बढ्न सक्छ ।

– पशु र भेडा नष्ट हुन सक्छन् ।

– मास हिस्टेरिया जस्ता रोग बढ्न सक्छ ।

बुधबारको ग्रहणले अफ्रिकाबाहेक सबै देशमा लाग्छ । त्यसैले यसको प्रभाव अफ्रिका बाहेक सबै देशमा पर्न सक्ने देखिएको छ ।

कुन  राशीलाई कस्तो असर ?

धर्मशास्त्रीय मान्यतानुसार बुधबारको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएकाहरुले मात्र हेर्नुहुन्छ।

यी राशि भएकाहरुले पनि खुला आँखाले ग्रहण हेर्नुहुँदैन ।

मेष राशिलाई व्यथा, वृष श्रीप्राप्ति, मिथुन क्षति, कर्कट घात, सिंह खर्च, कन्या लाभ, तुला सुख, वृश्चिक माननाश, धनु कष्ट, मकर स्त्रीपीडा, कुम्भ सुखप्राप्त र मीन राशिकालाई चिन्ताको योग रहेको छ ।दैनिक नेपालबाट