२०७५ असार १०, आइतवार

बुद्ध, निशान र प्रताप साङ्गीतिक कार्यक्रमका लागि बेलायत जाँदै

September 28, 2017
145 Views
Spread the love

हिमाल पोस्ट /काठमाडौं १२ 

नेपाल आइडलका विजेता बुद्ध लामा फस्ट रनरअप निशान भट्टराई र सेकेण्ड रनरअप प्रताप दास साङ्गीतिक कार्यक्रमका लागि बेलायत जाने भएका छन्। यसै साता घोषित नेपाल आइडलका विजेता र रनरअपको अहिले विश्वभर डिमाण्ड छ। विश्वभरका लाखौँ दर्शकले उनीहरुलार्इ सुन्न र हेर्न चाहेपनि पहिलो अवसर बेलायत निवासी नेपाहलीहरुले पाएका छन्। यसबारे मङ्गलवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

मनकामना मनी ट्रान्सफर युके पोखरा ट्राभल र मुनटेज इन्टरनेसनलले बेलायतमा संयुक्त रूपमा नेपाल आइडलको लाइभ कन्सर्ट आयोजन गर्न लागेको हो।

कार्यक्रमका लागि टोली नोभेम्बर १ तारिख बेलायत प्रस्थान गर्ने र १३ गते फर्किने जनाइएको छ। बेलायतमा चार वटा कार्यक्रम हुनेछन्।

फ्रिमेन्टल मिडियाले तय गरेका आधार पूरा गर्ने नेपालको एक मात्र टेलिभिजन एपीवान एचडीमार्फत पहिलो पटक नेपालमा सुरु भएको आइडल सिरिजले सुस्ताएको नेपाली साङ्गीतिक क्षेत्रलाई ऊर्जा दिने विश्वास गरिएको छ । अहिले विश्वभर नेपाल आइडलको फाइनलमा पुगेका तीनजनाको साङ्गीतिक कार्यक्रमका लागि जति माग भइरहेको यसले पनि नेपाल आइडलको क्रेजलाई पुष्टि गरेको छ।

प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको अडिसनमा हजारौँ युवा सहभागी थिए । विभिन्न चरण पार गर्दै उत्कृष्ट १२ मा परेका प्रतियोगीलाई करोडौंले भोट गरे अनि सम्भवतः संसारभरका अर्बौं दर्शकले सो हेरेका थिए । एउटै सोबाट अनेक रसका मनोरञ्जन दिनु नेपाल आइडलको विशेषता बन्न सफल भयो।

आफ्नै भाषाको एचडी च्यानलमा अन्तर्राष्ट्रियस्तरको रियालिटी सोले देशविदेशमा रहेका करोडौं दर्शकलाई आकर्षित गयो भने यूट्युब एवं फेसबुकमा नेपाल आइडलका हरेक सो भाइरल भयो ।

Facebook Comments

You may be interested

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने
पत्रपत्रिका
0 shares3 views
पत्रपत्रिका
0 shares3 views

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने

himal post - २०७५, १० असार ०७:२५

रिङरोड बन्नासाथ फेरि भत्काइने भएको छ । पुसमा चीनले हस्तान्तरण गर्ने र लगत्तै ठाउँ ठाउँमा भत्काइने योजना रहेको आजको नयाँ…

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !
पत्रपत्रिका
0 shares6 views
पत्रपत्रिका
0 shares6 views

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !

himal post - २०७५, १० असार ०७:२१

गुल्मीको धुर्कोट गाउँपालिकाले लैनो गाई, भैँसी र बाख्रालाई सुत्केरी भत्ताको व्यवस्था गरेको छ। तेश्रो गाउँसभाले गाई, भैँसी र बाख्रालाई सुत्केरी…

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना
राजनीति
0 shares8 views
राजनीति
0 shares8 views

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना

himal post - २०७५, १० असार ०७:१६

पर्साको पोखरीया जिल्ला अस्पतालमा शल्यक्रिया कक्ष छ । तर त्यहाँ शल्यक्रिया हुँदैन । अस्पतालका नर्स सुत्ने कोठा र खाना पकाउने…