बिरामी ब्रोईलर चेक गर्न प्रदेश ५ मा ल्याब आवश्यक - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

बिरामी ब्रोईलर चेक गर्न प्रदेश ५ मा ल्याब आवश्यक



आचार्य प्रदीप
बुटवल।
बिरामी बोईलरको चेकजाँचको लागी ल्याब नहुँदा किसान मर्कामा परेको ब्रोईलर पालक कृषकहरुले बताएका छन् । लुम्बिनी ब्रोईल कुखुरापालक संघले आयोजना गरेको प्रदेश स्तरीय कृषक भेलामा बोल्ने बक्ताहरुले कृषकलाई ल्याब नहुँदा महंगी बेहोर्नु परेको बताउँछन् ।

ब्रोईलरमा अण्डा देखि नै बिभिन्न समस्याहरु आउने गरेको बताउँदै उनीहरुले लगानी बढि भएपनि त्यो अनुसारको प्रतिफल नपाएको उनीहरुको गुनासो छ । भेटनरीमा जाँदा चिरफार गर्ने र २०–२५ हजारको औषधि दिने गरेको उनीहरुले गुनासो गरेका छन् ।

नेपाल कुखुरा पालक किसान संघका केन्द्रीय अध्यक्ष झनक पौडेलले ल्याब न्युनतम पनि प्रदेश अनुसार ल्यावको ब्यवस्था गर्नुपर्ने माग राखे ।

साढे ८ लाख केजि मासु उत्पादन गर्ने सक्ने क्षमता कृषकहरु संग रहेको बताउँदै डेढ लाख बढि ब्यक्तिलाई रोजगार दिईएको बताए ।

ब्रोईलर किसान बन्नको लागी धेरै कुराहरु सोच्नु आवश्यक रहेको बताउँलै कुखुरा पाल्दा आवश्यक कुराहरुको बारेमा बुझेर मात्र कार्य प्रारम्भ गर्दा राम्रो हुने बताउँछन् । अरुको देखासिखी नै मुख्य समस्या रहेको उनको भनाई छ ।

उत्पादन गरेको कुखुरा ३० ग्राम भन्दा कम भएमा त्यसलाई गुणस्तर हिन भनिन्छ भने ३० ग्राम भन्दा माथीका तौल भएकालाई पनि ए बि सि डि गरी बिभिन्न चरणमा बिभाजन गरेर बिक्रि बितरण गरीने उनले बताए ।
पशु क्वारेन्टाईनबाट अबैध रुपमा मासुजन्य सामाग्री स्वदेशमा भित्रीरहेको गुनासो आएपनि भैरहवा बाट त्यस्तो नभएको पसु क्वारेन्टाईन भैरहवा प्रमुख डा अखिेलेश्वर पाण्डे बताउँछन् । उनले जनता तथा प्रहरीको सहयोगमा मरेका वा रोगी कुखुरा मारेको र कुनैपनि अवस्थामा नआएको बताउँछन् ।

प्रदेशमा ल्याब नहुँदा पसल छिर्दा महंगो औषधिहरु किन्नु परेको बताउँदै ल्याब भएमा किसानलाई मर्का नपर्ने बताए । भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका डा सुन्दर बस्यालले केन्द्रले अधिकार प्रदेशमा नदिँदा अनुगमन र कारबाही गर्न नसकेको बताएका छन् । उनले आगामी आर्थिक वर्षको बजेटमा ल्याबको लागी पेस गर्ने बताए ।

लुम्बिनी ब्रोईलर कुखुरापालक संघका अध्यक्ष देब थापा ह्याचरीको एकाधिकारले समस्या रहेको बताउँछन् ।३०–३५ रुपैया प्रतिगोटामा पाउनु पर्नेमा १ सयको तुलना पुग्दा समस्या रहेको बताउँछन् । २ सय रुपैयाको दाना खुवाएपनि ३ सय रुपैया पर्न जाने बताउँदै त्यसमा अन्य खर्च नजोडिएको हुँदा कृषकहरु मर्कामा परेको बताए ।

कार्यक्रममा बोल्दैं संघका सचिव कृष्ण पाण्डेले ब्रोईलर ४५ दिनमा तयार हुने बताउँदै ५० दिनभित्र बेच्नु पर्ने र बजारको अभाव भएको हुँदा मुल्य सहि रुपमा प्राप्त गर्न नसकेको बताउँछन् । उनले उद्योग, ब्यापार र बाणिज्य संघहरुले तोकेको मुल्यमा बिक्रि गर्नु पर्ने हुँदा लागत अनुसारको रकम पनी पाउँन नसकेको बताए ।
प्रदेश स्तरीय भेलामा प्रदेश ५ का १२ वटै जिल्लाका कृषकहरुको सहभागीता रहेको कार्यक्रम संघका सचिव कृष्ण पाण्डेले सञ्चालन गरेका थिए ।