वातावरण दिवसको अवसरमा वृक्षारोपण - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

वातावरण दिवसको अवसरमा वृक्षारोपण



बिमल पुरी/ बुटवल । विश्व वातावरण दिवस  रुपन्देहीमा पनि विभिन्न कार्यक्रम गरि मनार्ईएको छ । दिवसकै अवसर पारेर तिलोत्तामा सामुदायिक पार्क व्यवस्थापन समितिले पनि बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । तिलोत्तमा नगरपालिका र आर.डि.सी. नेपालको सह आयोजक र पार्क व्यवस्थापनको समितिको आयोजनमा कार्यक्रम संञ्चालन भएको थियो ।
तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेको समुद्द्याटनमा उद्घाटन भएको कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष दिपक पाठकको रहेको थियो । समितिका अध्यक्ष पाठकले क्लबको गतिविधि बारे जानकारी गराएका थिए ।
कार्यक्रम बोल्दै मेयर घिमिरेले तिलोत्तमा नगरलाई ग्रिन र क्लिन सिटि निमार्ण गर्न लागेको बताए । नगरलाई प्लास्टिक झोला मुक्त समेत गरिने बताए । मेयरले अहिले सम्म प्लास्टिक प्रयोग गर्नेलाई दण्ड नगरेपनि अव फोहोर मैला व्यवस्थापन कार्यबिधि निर्माण गरेर कार्यवाही गरिने जानकारी गराए । साथै अवका दिनमा औपचारिक कार्यक्रमलाई छोटो गराएर नगरबासीहरु श्रम गर्न अग्रस हुनुपर्ने बताए ।
सो अवसरमा बोल्दै आर.डि.सी. नेपालका आर.डि. यादवले विश्वमा बढ्दै गएको वन विनासको कारण कारण विश्वमा जलवायू परिवर्तन जस्ता चरम समस्याहरु उत्पन्न भएको बताए । यादवले आफ्नो संस्थाले नेपालको विभिन्न क्षेत्रमा हिरित बनाउन निशुल्क प्रविधिक सहयोग गर्दै आएको चर्चा समेत गरेका थिए ।
 कार्यक्रममा विशिष्ठ अतिथि आर.डि.सी. नेपालका अध्यक्ष आर.डि. यादव , क्लवका संस्थापक तथा समाजसेवि माधव पाठक , तिलोत्तमा ब्याडमिन्टन् क्लबका अपाध्यक्ष रमेश डुम्रे लगाएतको मन्तव्य रहेको थियो । कार्यक्रममा अतिथिहरुलाई प्रदान गरिने ब्याज , खादा र मायाको चिनोलाई बहिस्कार गरिएको थियो । कार्यक्रम समितिका उपाध्यक्ष श्याम न्यौपानेको स्वागत र सचिव मित्र बन्धु पाठकको सञ्चालनमा सम्पन्न भएको थियो ।