लोकतान्त्रिक गठबन्धनको टोलीलाई लक्षित गरेर म्याग्दीमा बम विस्फोट - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

लोकतान्त्रिक गठबन्धनको टोलीलाई लक्षित गरेर म्याग्दीमा बम विस्फोट



म्याग्दी : म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरमा लोकतान्त्रिक गठबन्धनको टोलीलाई लक्षित गरेर बम विस्फोट भएको छ ।
प्रतिनिधिसभामा कांग्रेसका उम्मेदवार खमबहादुर गर्बुजा र प्रदेशसभाका उम्मेदवार राप्रपाका भीमप्रसाद गौचन चढेको गाडीलाई लक्षित गरी जमिनमुनि गाडिएको माइन बम विष्फोट भएको हो ।
रत्नेचौरबाट चुनावी कार्यक्रम सकेर अर्जम जाने क्रममा जोरपीपल भन्ने ठाउँमा बम विष्फोट भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिनुभयो । विष्फोटबाट क्षति भने नभएको प्रहरीले जनाएको छ