बोल्न नसक्ने लाटीलाई जबर्जस्ती गर्ने प्रहरीलाई १० बर्ष कैद सजाय - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

बोल्न नसक्ने लाटीलाई जबर्जस्ती गर्ने प्रहरीलाई १० बर्ष कैद सजाय



कपिलवस्तु । जिल्ला अदालत कपिलवस्तुले महिलालाई जबर्जस्ती करणी गरेको मुद्दामा सशस्त्र प्रहरी जवान लोकराज अवस्थीलाई १० वर्ष कैदको सजाय ताकेको छ ।

जिल्ला न्यायाधीश ओमकारनाथ उपाध्यायको एकल इजलाशले सो सजाय तोकेको हो ।

२०७३ जेठ ३० गते भैँसी चराउन गएकी बोल्न नसक्ने (लाटी) ४० वर्षीया थारु समुदायकी एक महिलालाई अवस्थीले करणी गरेका थिए ।

शिवराज नगरपालिका–१० स्थित गणको पश्चिपट्टिको गेटनिर ७ः३० बजेतिर ती महिलालाई करणी गरेका थिए ।

तत्कालीन अवस्थामा सशस्त्र प्रहरी बल चन्द्रौठटामा कार्यरत अवस्थीबाट पीडित महिलालाई रु एक लाख क्षतिपूर्ति भराउनेसमेत अदालतको फैसला छ ।

अदालतका श्रेस्तेदार डिल्लीराज शर्माअनुसार मुलुकी ऐन जबर्जस्ती करणी ३ (५) अनुसार पाँच वर्ष कैद तोकिएको छ ।

सोही महलको ३ (क) अनुसार शारीरिकरुपमा अस्वास्थ देखिएकोका महिलालाई करणी गरेकोमा थप पाँच वर्ष कैद सजाय गरिएको हो ।

यस्तै सो मुद्दाका अर्का अभियुक्त प्रहरी राजु थारुलाई तीन वर्ष कैद तोकिएको छ । थारुले करणीमा अवस्थीलाई मद्दत गरेको पाइएको श्रेस्तेदार शर्माले बताए ।

पीडित महिलाले औलाको इसाराले अवस्थी र थारुतर्फ इसारा गरेकी थिइन् ।

घटनाको विरोधमा स्थानीयवासी आन्दोलित भएपछि अवस्थीलाई प्रहरीमा बुझाइएको थियो । ती महिलाको अवस्था अहिले सामान्य रहेको प्रहरीले जाएको छ । रासस