क्रिकेट सप्ताहमा सोमबार ४ खेल सम्पन्न - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

क्रिकेट सप्ताहमा सोमबार ४ खेल सम्पन्न



बुटवल । खेलको बिकासको लागी शिक्षा संगै खेलकुदलाई पनि संगै लिएर जानुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले बताएका छन् । उनले खेलमैदान ब्यवस्थापन गर्नको लागी आफु तयार रहेको बताएका छन् ।

नेपाल बिद्यार्थी संघ बुटवल बहुमुखि क्याम्पसले आयोजना गरेको सप्ताह ब्यापि क्रिकेट प्रतियोगिताको दोस्रो दिनको कार्यक्रममा बोल्दै खाँडले खेलाडीहरुले खेलको क्षेत्रबाट ब्यक्तित्व बिकास गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही सचिव रामकृष्ण खाँड, नेता युवराज गिरी, हरी लम्साल, बिद्यार्थी नेता गोबिन्द बस्नेत , बुटवल क्याम्पस समिति सभापति दिनेश पौडेल लगायतले बोलेका थिए ।

सप्ताह अन्तरगत सोमबार ४ खेलहरु भएका छन् । पहिलो खेल अक्सफोर्ड र मुनलाईट बिच भएको थियो । जसमा मुनलाईट बिजयी बनेको छ । अक्सफोर्ड कलेजले १० दशमलब ३ ओभरमा अल आउट हुँदै ५२ रनमा समेटिएको थियो । जवाफि ब्याटिङमा आएको मुनलाईटले ११ ओभरमा ५ बिकेटको क्षतिमा बिजयी बनेको हो । पहिलो खेलमा मुनलाईटका बिरेन्द्र साहानी म्यान अफ द म्याच घोषित भएका छन् ।

दोस्रो खेलमा एम्स कलेज र सिद्वार्थ बोर्डिङ्ग बिच भएको खेलमा एम्स कलेज बिजयी भएको छ । सिद्वार्थ बोर्डिङ११ दशमलब ३ ओभरमा ४७ रनमा समेटिन पुगेको थियो । ४८ रनको बिजयी लक्ष्य पाएको एम्सले ६ ओभरमा १ बिकेटको क्षतिमा लक्ष्य भेटाएको थियो । दोस्रो खेलमा एम्स कलेजका हर्सिट भुषाल म्यान अफ द म्याच घोषित भएका थिए ।

सिद्वार्थ क्याम्पस र दिप बोर्डिङ बिच भएको तेस्रो खेलमा दिप बोर्डिङ ४ विकेटले बिजयी बनेको छ । पहिले ब्याटिङ गरेको सिद्वार्थ क्याम्पस निर्धारित १२ ओभरको खेलमा ४८ रनमा ५ बिकेटको क्षतिमा समेटिएको थियो । जवाफि ब्याटिङ गरेको दिप बोर्डिङले ११ ओभरमा ६ बिकेटको क्षतिमा लक्ष्य भेटाई बिजयी बनेको हो । तेस्रो खेलमा दिप बोडिङका पोषण सुबेदि म्यान अफ द म्याच घोषित बनेका छन् ।

यस्तै लिट्स र तिलोत्तमा बि बिच भएको चौथो खेलमा तिलोत्तमा बि २५ रनले बिजयी बनेको छ । पहिले ब्याटिङ गरेको तिलोत्तमा बि ले निर्धारित १२ ओभरको खेलमा ९ बिकेटको क्षतिमा ७४ रन बनाएको थियो । जवाफि ब्याटिङ गरेको लिट्स ११ ओभरमा अल आउट हुँदै ४९ रनमा समेटिएको हो ।