ब्लड प्रेसर लो भयो ? यसो गर्नुहोस् - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ब्लड प्रेसर लो भयो ? यसो गर्नुहोस्



न्युन रक्तचापले चक्कर लाग्ने, वान्ता आउने र बेहोस नै हुने समस्या हुन सक्छ । घरमै न्युन रक्तचापलाई यसरी नियन्त्रण गर्न सकिन्छः

पर्याप्त पानी खानेः न्युन रक्तचापको पहिलो उपचार पर्याप्त पानी पिउनु हो । कहिलेकाहिँ डिहाइड्रेसनले पनि शरिरको रक्त चाप घट्छ । पसिनाबाट वा वान्ता भएर शरिरबाट धेरै तरल पदार्थ खेर जाँदा पर्याप्त पानी पिउनुपर्छ । अनार लगायतका रसिला फलफूल खाएर पनि रक्तचाप बढाउन सकिन्छ ।

चिसो वा हावा लागेको ठाँउमा बस्ने : कहिले काही वरिपरिको वातावरण गर्मी भएर पनि रक्तचाप घट्छ । न्युन रक्तचापका बिरामी अत्यधिक घाममा वा गर्मीमा बस्नुहुन्न । गर्धनमा आईसको टुक्रा राखेर पनि शरिरलाई चिस्याउन सकिन्छ ।

फलफूलः पर्याप्त रसिला फलफुल तथा गेडागुडीको रसको नियमित सेवनले रक्त चाप बढाउन सहयोग गर्छ । शरिरलाई आवश्यक खनिज वा भिटामिनको अभावमा शरिरमा न्युन रक्तचाप हुन्छ ।

भिटामिनयुक्त सागसब्जीः  स्वस्थ रक्तचापका लागि शरिरमा भिटामिन बी, भिटामिन बी ९ र भिटामिन बी १२ चाहिन्छ । बन्दागोबी, ब्रोकाउली, काउली लगायत शरिरको तन्तु बृद्धिको लागि आवश्यक फोलिक एसिडयुक्त खानेकुरा खानुपर्छ । भिटामिन बी १२ ले शरिरको रक्तचापलाई नियन्त्रण गर्छ ।

व्यायामः मुटुको स्वास्थ्यलाई सशक्त बनाउन र रक्तचापलाई सामान्यिकरण गर्न व्यायायमले पनि सहयोग गर्छ । न्युन रक्तचाप भएका मानिसले सामान्य व्यायाम गर्नुपर्छ ।

नुनिलो खानेकुराः सामान्यतया उच्च रक्तचाप भएका मानिस नुनबाटै टाढै रहन्छन् । तसर्थ रक्तचाप घट्दा सामान्यतया नुनिला खानेकुरा खानुपर्छ