विश्व वातावरण दिवसमा लम्की बजार सरसफाइ  - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

विश्व वातावरण दिवसमा लम्की बजार सरसफाइ 



रमित पाण्डे /लम्की,कैलाली ।

विश्व वातावरण दिवसको अवसर पारेर कैलालीको लम्कीमा रहेको उज्यालो शिक्षा सदन माध्यामिक विधालय परीवारले लम्की बजार सरसफाई गरेको विधालयका विधालय प्रध्यानाध्यापक धिरज बहादुर खत्रिले जानकारी दिनुभयो । हरेक वर्ष विश्व वातावरणकै दिन उता विद्यालयले बजार सरसफाई गर्ने गरेको छ ।

आज पनि विद्यालयका सम्पुर्ण शिक्षक र विद्यार्थीहरु मिलेर लम्की बजार र लम्कीमै रहेको चन्द्रमौलेश्वर मन्दिर परीसर सरसफाई गरिएको छ । पछिल्लो समय दिन प्रतिदिन मानिसकै कारणले वातावरण प्रदुषण भईरहेकाले यो गम्भिर बिषय बन्दै गएकाले यसलाई कम गर्न सरसफाई कार्यक्रममा सहभागी विधार्थी र विधालयका शिक्षकहरुको भनाई थियो । “प्लाष्टिक प्रदुषण निर्मुल पारौँ, सके पुनः प्रयोग नसके बहिष्कार गरौँ “भन्ने मुल नारा सहित दिवस मनाईको हो । कार्यक्रममा प्लाष्टिक रहित नगरको निर्माणमा साथ दिन सबैमा आग्रह गरीएको थियो ।

सरसफाई गर्न विधार्थी र शिक्षकहरु झाडु र डस्टबिनहरु लिएर बजारमा निस्किएका थिए । सरसफाई पछि सबैलाई फोहोर नगर्न र आफ्नो ठाउँ आफै सफा गर्ने आहवान गरेको विधालयका सहायक प्रध्यानाध्यापक प्रविण कुमार खङ्घले जानकारी दिनुभयो । उता  कार्यक्रम जु रे सो र उज्यालो बाल क्लबले आयोजना गरेको थियो ।