नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश दिल्ली आउने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश दिल्ली आउने



नयाँ दिल्ली /हिमाल पोस्ट 

नेपाली कांग्रेसका प्रवक्ता एवंम्  युवा नेता विश्वप्रकाश शर्मा  दिल्ली आउने  भएका छन् ।

नेपाल तरुण दल उत्तर भारत   क्षेत्रको आयोजनामा हुने  नेपाली राजनीतिमा युवाहरुको भूमिका बिषय विचार गोष्ठी कार्यक्रममा शर्मा दिल्ली आउने भएका हुन् ।

विचार गोष्ठीमा युवा नेता शर्मा सहित नेपाल तरुण दलका अध्यक्ष जित जंग बस्नेत ,नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे र नेपाल तरुण दल भारतका अध्यक्ष राहुल रेग्मी रहने छन् ।कार्यक्रम २७ मई आईतबारका दिन नारायणदत्त तिवारी भवन २१९ दिन दयाल मार्ग अईटियोमा हुने छ  ।

सोहि अवसरमा नेपाल तरुण दल भारत ,दिल्ली साखाले तरुण प्रशिक्षण कार्यक्रम पनि राखेको उत्तर भारत क्षेत्रका अध्यक्ष एल पी पाण्डेले बताए  ।प्रशिक्षण कार्यक्रम भने २६ मई दिउसो १२ बजे हुने छ ।