बृहत् घोडाघोडी साँस्कृतिक महोत्सव आज बाट सुरु - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

बृहत् घोडाघोडी साँस्कृतिक महोत्सव आज बाट सुरु



विशाल पाण्डेय

सुखड , कैलाली ।।

“शिक्षा ,संस्कृती , प्रर्यटन र व्यापार घोडाघोडी नगर समृद्धीको आधार ” भन्ने मुल नाराका साथ बृहत्  घोडाघाडी साँस्कृतीक महोत्सव आज(शुक्रबार ) बाट सुखडमा सुरु भएको छ । शिक्षा तथा प्राकृतीक बिकास मञ्च सुखडको आयोजनामा सुरु भएको महोत्सवको आज एक कार्यक्रमबिच उद्घाटन भएको छ ।

महोत्सव संयोजक नवीन क्षेत्रीको सभापतित्वमा संम्पन्न भएको कार्यक्रममा प्रमुख अथितीमा पुर्व कृर्षी मन्त्री तथा कैलाली क्षेत्र नम्वर ३ प्रतिनिधी सभा सदस्य  गौरीशंकर चौधरी  रहनु भएको थियो  । उक्त सभा बाट बोल्दै चौधरीले ” साहसका साथ युवाहरुले आटेको महोत्सवको खुलेर प्रशंसा गर्नु भएको छ । पर्यटन , कृषि ,धर्म संस्कृति को जगेर्ना गर्नको लागि यो महोत्सव अत्यन्तै जरुरी रहेको हुनाले महोत्सव  हेर्नको लागि चौधरीले आग्रह समेत गर्नु भयो । चौधरीले  ‘यहाँ  भएका  पर्यटकिय  स्थललाई सबै मिलि अझै प्रचारप्रसार गर्नु पर्ने बताउदै  सम्पूर्ण लाई माघी पर्व  तथा आयोजकलाइ महोत्सव को सफलताको शुभकामना दिनुभएको छ।

त्यस्तै बिशिस्ट अतिथी बाट बोल्दै कैलाली क्षेत्र नं ३ ‘ख’ प्रदेश सभा सदस्य अमर बहादुर साउदले सांस्कृतिक परम्पराले भरी पुर्ण रहेको घोडाघोडी नगरपालिकमा यो संस्कृति बचाउनको लागि युवाहरूले गरेको काम उल्लेखनीय रहेको बताउनु भयो ।
<पुस ४ गते सम्म चल्ने महोत्सवमा टुहुरा वालवालिका, अपांगता ,वृद्धबृद्धाहरुका लागि सहयोग गर्ने मुख्य उदेश्यले महोत्सव शुरु भएको आयोजकले बताएको छ ।  मेलामा थारु गाँउ ,मगर गाँउहरुको पनि अवलोकन गर्न सकिने छ ।

शनिबार रास्ट्रिय गायक रामजि खाँड तथा गायिका सपना साही लगाएत स्थानिय कलाकारहरुको बेजोड  प्रस्तुती रहने आयोजकले जनाएको छ।