बृहत् घोडाघोडी साँस्कृतिक महोत्सव दुई दिन थपियो - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बृहत् घोडाघोडी साँस्कृतिक महोत्सव दुई दिन थपियो



विशाल पाण्डेय
सुखड , कैलाली ।।

“शिक्षा ,संस्कृती , प्रर्यटन र व्यापार घोडाघोडी नगर समृद्धीको आधार ” भन्ने मुल नाराका साथ पुस २८ गते बाट सुरु भएको  बृहत्  घोडाघाडी साँस्कृतीक महोत्सव २ दिन थपिएको छ ।

शिक्षा तथा प्राकृतीक बिकास मञ्च सुखडको आयोजनामा सुरु भएको महोत्सवको पुस ४ गते सम्म चल्ने भनिए पनि दर्शकको माग अनुसार २ दिन बढाएर ६ गते(आज) सम्म पुर्‍याएको महोत्सव संयोजक नवीन क्षेत्रीले हिमाल पोस्टलाई जानकारी दिए ।

त्यस्तै शुक्रबार रास्ट्रिय कलाकारमा देउडा तथा लोक गायक टंक तिमिल्सेना , दोहोरी गायक राजेन्द्र बिष्ट लगाएत स्थानिय बिकासशिल कला केन्द्र ,न्यु स्टार इ. बो. स्कुल लगाएतको बेजोड प्रस्तुतीले दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।

महोत्सवमा टुहुरा वालवालिका, अपांगता ,वृद्धबृद्धाहरुका लागि सहयोग गर्ने मुख्य उदेश्यले महोत्सव शुरु भएको आयोजकले बताएको छ ।  मेलामा मगर गाँउको अवलोकन का साथै विभिन्न किसिमका परिकारहरु खान समेत पाइने आयोजकले बताएको छ ।

आज अन्तिम दिन रास्ट्रिय कलाकार  मोडल तथा गायक दुर्गेस थापा , देउडा तथा दोहोरी गायक चक्र बम , लोकदोहोरी गायक हेमराज थापा (बाबु राजा), लोकपप गायक सुरेश राना , देउडा तथा लोक गायक टंक तिमिल्सेना लगाएत स्थानिय कलाकारहरुको बेजोड  प्रस्तुती रहने आयोजकले जनाएको छ।