रुपन्देही बर्डफ्लुको उच्च जोखिममा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

रुपन्देही बर्डफ्लुको उच्च जोखिममा



आचार्य प्रदीप /बुटवल । रुपन्देहीमा बर्डफ्लुको आतंक नदेखिए पनि उच्च सर्तकता अपनपाउनुपर्ने जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । खुल्ला सिमानाकाका कारणले पनि भारतिय चल्ला तथा दाना अबैध रुपमा आउँदा संक्रमण हुन सक्ने भन्दै त्यसमा कुखुरापालक सचेत हुनुपर्ने कार्यालयले जनाएको छ ।

जिल्लाको सीमा क्षेत्र सुनौली, मर्चवार, धकधई, गजेडीलगायतका क्षेत्रमा जाँच कडा बनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला इभियन इन्फ्लुयन्जा प्राविधिक समितिका संयोजक उदयबहादुर रानाले जानकारी दिए ।उनले क्वारेन्टाइन चेक पोष्टलाई निगरानीमा कडा हुन आग्रह गरेको उल्लेख गर्दै सूचना प्रवाह र जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भएको बताए ।

जिल्ला पशु सेवा कार्यालय, रुपन्देहीका प्रमुख डा विनय कर्णले जोखिमको क्षेत्र पहिचान गरी निगरानी बढाइएकामा जोड दिँदै जिल्लाका संवेदनशील क्षेत्र र आवतजावत हुने क्षेत्रमा विशेष ध्यान दिइएको बताए । उनका अनुसार रुपन्देहीमा दर्ता भएका करिब ६ सय रहेपनि बिना खर्ता २ हजार भन्दा बढि कुखुरा पोल्ट्रीफर्महरु सञ्चालनमा रहेका छन् ।

रुपन्देहीमा जिल्लामा आर्थिक वर्ष २०६९÷७० रुपन्देहीका ५ वटा पोल्ट्री फर्ममा बर्डफ्लु संक्रमण अन्तीम पटक भेटिएको थियो । कार्यालयका कार्यालय प्रमुख डा. बिनय कर्णका अनुसार जिल्लामा बर्डफ्लुको संक्रमण नदेखिएपनिरुपन्देही संक्रमणको संभावित स्थानको रुपमा रहेको छ ।

आब ०६९÷७०मा रुपन्देहीका ५ वटा पोल्टी फर्मममा बर्डफ्लुको संक्रमण भेटिएको थियो । त्यो सयमयमा साविकको पाखिभिण्डीका २ वटा, मर्यादापुरको १ वटा मसिनामा १ वटा र चिलियाको १ वटा फर्ममा बर्डफ्लुको संक्रमणबाट ४ हजार कुखुरा मारिएको पशुसेवा कार्यालयका प्रमुख डा. कर्णले बताए ।

के हो बर्डफ्लु
बर्ड फ्लू एभियन इन्फ्लूएञ्जा भाइरसको छोटकरी रुप हो। एसियाका विभिन्न देशमा भेटिएको यो भाइरसको पूरा नाम हाइली प्याथोजोनिक एभियन इन्फ्लूएञ्जा अर्थात् एचफाइभ एनवान हो। बर्ड फ्लू कुखुरा र पक्षीहरूको अति सङ्क्रामक रोग हो। यो जतिबेला जहाँ पनि फैलन सक्छ।

बर्ड फ्लू कुखुरा, हाँस, टर्की र जङ्गली चराचुरुङ्गीमा लाग्ने सरुवा रोग हो, र कहिलेकाहीँ सुँगुरमा पनि भेटिएको छ। यो रोग मानिसमा पनि सर्न सक्छ । यो रोग सर्वप्रथम सन् १९७८ मा पक्षीमा र सन् १९९७ मा मानिसमा देखिएको हो। बर्ड फ्लूको सङ्क्रमण भेटिएको विश्वको पछिल्लो ६६ औं मुलुक हो नेपाल ।

थाइल्याण्ड, बङ्गलादेश र इण्डोनेशियामा यसले विकराल अवस्था निम्त्याएको छ । खोकीको सङ्क्रमण जस्तै हो बर्ड फ्लू, जसले कुखुरा तथा पक्षीहरूमा विभिन्न समस्या निम्त्याउँछ। बर्ड फ्लूको भाइरस कुखुराको मासु, प्वाँख, सिंगान, र्याल, सूली, दाना, अण्डा, अण्डा राख्ने क्रेट, दाना राखेको बोरा आदिको सम्पर्कबाट सर्दछ । वापानीको माध्यमबाट यो भाइरस अत्यन्त द्रूत गतिमा फैलन र धेरैको ज्यान लिनसक्ने भएकाले बर्ड फ्लूलाई प्राणघातक रोग पनि भनिन्छ। कुखुराको मासु ७० डिग्री भन्दा माथिको तापक्रममा राम्ररी पकाएर खाएमा रोग लाग्दैन।

बच्ने उपाय
तपाईं बस्ने वरपर कुनै पनि पंक्षी मरेको देख्नेवित्तीकै सचेत हुनुहोस्, आफैं जान्ने भएर टिपेर फ्याल्नेतिर नलाग्नुस् ।
आफ्ना बालबालिकालाई त्यस्ता पंक्षीहरुको छेउछाउमा जान नदिनोस् ।
कुखुरा तथा पंक्षीको मासु मज्जाले धोएपछि राम्ररी पकाएर मात्रै खाने गर्नुहोस ।
तपाईको टोल छिमेकमा कुखुरा तथा पंक्षीहरु मरेको देख्नु भएको छ भने तुरुन्तै सरकारी अधिकारी तथा सम्बन्धित स्थानीय निकायहरुमा खबर गरि जानुहोस ।
यसरी तपाईको टोल छिमेकमा कुखुरा तथा पंक्षीहरु मरेको थाहा पाउनु भयो या शंका लाग्यो भने माक्स लगाएर हिड्नुहोस ।
बर्डफ्लू मानिसमा सरेमा महामारीको रुप लिन सक्छ, अहिलेसम्म मानवमा बर्डफ्लू सरि सकेपछि उपचार गर्ने विधि नेपाल भित्रिइसकेको छैन ।
रोगको लक्षण
कुखुरामा बर्ड फ्लूको सङ्क्रमण थाहा पाउने पहिलो विधि हो ¥यापिड टेस्ट। यो टेस्टको सुविधा देशका पाँच विकास क्षेत्रमा अवस्थित क्षेत्रीय प्रयोगशालामा छ। यसबाट ए समूहको भाइरस हो कि होइन पत्ता लगाएपछि अर्को टेस्टका लागि केन्द्रीय प्रयोगशालामा पठाइन्छ, जहाँबाट एचफाइभ एनवान हो, होइन पत्ता लाग्छ।
बर्ड फ्लूको विषयमा वैज्ञानिकहरूले समेत सबै कुरा पत्ता लगाइसकेका छैनन्। यसको सङ्क्रमणबाट बच्ने टामी फ्लू भन्ने औषधि आएको छ,जुन प्रायः¥यापिड रेस्पोन्स टोलीमा खटिनेहरूलाई दिइन्छ। पोल्टी फार्म वा घरमा पालिएका कुखुरामा ¥याल÷सिंगान काढ्ने, लोती सुन्निने, लोती र सिउर हरियो हुने, डाइरिया हुने लक्षण देखा परी अप्रत्यासित रूपमा कुखुरा मर्न थाले भने पशु चिकित्सक वा प्राविधिकहरूलाई खबर गरिहाल्नु पर्दछ । मरेका कुखुरालाई नाङ्गो हातले छुनु हुँदैन, खोरमा जाँदा माक्स र ग्लोबहरू लगाएर जानुपर्दछ र फर्केपछि राम्ररी साबुनपानीले हात धुनुपर्दछ। कुखुराबाट अत्यन्त चाँडो मान्छेमा सर्न सक्ने भएकाले यो मानव स्वास्थ्यका लागि पनि खतरापूर्ण छर तत्काल नियन्त्रण गरिएन भने महामारीको रुप लिनसक्छ।
सावधानी
तपाईं बस्ने वरपर कुनै पनि पंक्षी मरेको देख्नेवित्तीकै सचेत हुनुहोस, आफैं जान्ने भएर टिपेर फ्याल्नेतिर नलाग्नुस् ।
आफ्ना बालबालिकालाई त्यस्ता पंक्षीहरुको छेउछाउमा जान नदिनोस् ।
कुखुरा तथा पंक्षीको मासु मज्जाले धोएपछि राम्ररी पकाएर मात्रै खाने गर्नुहोस ।
तपाईको टोल छिमेकमा कुखुरा तथा पंक्षीहरु मरेको देख्नु भएको छ भने तुरुन्तै सरकारी अधिकारी तथा सम्बन्धित स्थानीय निकायहरुमा खबर गरि जानुहोस ।
यसरी तपाईको टोल छिमेकमा कुखुरा तथा पंक्षीहरु मरेको थाहा पाउनु भयो या शंका लाग्यो भने माक्स लगाएर हिड्नुहोस ।