विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै



मोरङ, असार २३ ।

मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।

नेपाली कांग्रेसका मेयरका उम्मेदवार भिम पराजुलीले १३ हजार २ सय ९१ मतका साथ अग्रता कायम राखेका छन् । उनलाई एमालेका मेयरका उम्मेदवार विनोद प्रसाद ढकालले १० हजार ३३ मतका साथ पछ्याईरहेका छन्भ ।

संघीय समाजवादी फोरमका उमेश कुमार यादवको भने १० हजार ४ मत ल्याएका छन् ।  त्यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै अग्रता छ ।

विराटनगरमा एमाले र नेपाल लाकतान्त्रिक फोरम तथा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबिच तालमेत भएको हो ।