विप्लवका कार्यकर्ताको घर-घरमा खानतलासी, विप्लवद्वारा बिरोध - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

विप्लवका कार्यकर्ताको घर-घरमा खानतलासी, विप्लवद्वारा बिरोध



काठमाडौं ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफ्ना नेता तथा कार्यकर्ताको घरमा खानतलासी गर्न प्रशासन लगाएको भन्दै विरोध गरेको छ ।

नेकपाको पोलिटव्यूरो सदस्य ओमप्रकाश पुनले भने, ‘सामाजिक रुपले बहिस्कृत कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता चौधरी माथि जनताले गरेको कार्वाही को बिषयलाई लिएर सरकाले हामीमाथि रिस साँधेको छ ।’

उनले वर्तमान सरकारलाई दलालको संज्ञा दिए । उनले भने, ‘कैलाली जिल्ला सचिव गणेश ढकाल लगाएतका जिल्ला नेताहरुको घर खान तलासी गर्ने तथा जिल्ला नेताहरु कमल क्षेत्री, हृदय बोगटी, भरत शाह र पुरन खनाललाई रातिको समयमा घरमै सुतिरहेको अबस्थामा पक्राउ गर्ने कार्य भएको छ ।’ नेता कार्यकर्ताको घर–घरमा गएर आतंकित पार्ने गरेको घटनाप्रति आफुहरुको ध्यानाकर्षण भएको उनले बताए ।

मेयर चौधरीले चुनावमा खर्च गरेको ६० लाख असुल गर्ने भन्दै नगरपालिकाको बजेटमा अनियमितता गर्ने, नगरपालिकाको योजना र ठेक्कापट्टाहरुमा आफ्ना नातागोता भर्ति गर्ने, नगरपालिका को गाडी र पेट्रोलमा अनियमितता गर्ने, कसैले बिरोध गरेमा सत्ता र शक्तिको धम्की दिने, कथित बोक्सी घटनाका अभियोगी राम बहादुर र पार्वती चौधरीलाई छुटाउन सुख्खड ईप्रकाका सई दिनेश बिष्टलाई बाध्य पारी निलम्बन गर्न लगाएको आरोप नेता पुनले लगाएका छन् । उनले सरकारको दमन र धरपकड नरोकिए त्यसको प्रतिरोध गर्न बाध्य हुने पनि बताएका छन् ।