विवाहपछि पर्दामा देखिदै विपाशा ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

विवाहपछि पर्दामा देखिदै विपाशा !



विपाशा वासुका प्रशंसकहरूका लागि खुसीको खबर छ । विपाशालाई हालै एउटा चिट्ठा परेको छ अर्थात् उनी चाँडै चलचित्रमा देखिँदैछिन् । विवाहपछि पर्दामा नदेखिएकी विपाशाले स्लाइस अफ द लाइफमा अभिनय गर्ने पक्का भएको हो । अब विपाशा तीन वर्षपछि उक्त चलचित्रमार्फत बलिउडमा फर्कनेछिन् ।

बताइएअनुसार विपाशाको अपोजिटमा उनकै श्रीमान् करणसिंह ग्रोवरलाई प्रस्ताव गरिएको छ । यो चलचित्रको छायांकन लन्डनमा एक महिना लगाएर गरिने बताइएको छ ।यो चलचित्र बन्ने हल्ला लामो समयदेखि चलिरहे पनि मुख्य कलाकार फाइनल गर्न निर्माण टिमलाई गाह्रो परिरहेको थियो । – एजेन्सी