‘विनोद चौधरीको निधन’ हल्ला ,सत्य नभएको पुष्टी - Himal Post Himal Post
  • ३ बैशाख २०८१, सोमबार
  •      Mon Apr 15 2024
Logo

‘विनोद चौधरीको निधन’ हल्ला ,सत्य नभएको पुष्टी



१३ असोज, काठमाडौं । ठेगाना समेत नखुलाएको एउटा समाचार साइटले नेपालका एक मात्र अरबपति विनोध चौधरीको निधन भएको खबर प्रकाशित गरेपछि केही समय विश्वभरका नेपालीहरुलाई उनको निधन नै  भएको भनेर स्तब्ध बनायो ।

टेलिग्राफनामले चिनाउने तर डोमेन नाम भने te1egraph.com भएको साइटले लण्डनमा नेपालका धनाढ्य विनोद चौधरीको निधन भएको समाचार प्रकाशित गरेको थियो । यो समाचारले नेपालमा खासै प्रभाव नपारे पनि गैरआवासीय नेपालीहरुबीच भने ठूलै प्रभाव पारेको थियो ।

यसैबीच विनोद चौधरी लण्डनमा नभएको र उनी विहीबार पनि आफ्नै कार्यालय ललितपुरको सानेपामा रहेको उनका सहयोगी संजय वस्नेतले दिएका छन् ।साउथ एसियाडटकम डटएयु सँग कुराकानी गर्दै वस्नेतले उहाँ दैनिक कार्यमा व्यस्त रहेको जानकारी दिएका थिए  । चौधरी अहिले पनि स्वस्थ र व्यस्त रहेको वस्नेतले उल्लेख गरेको बताईएको छ  । यसकारण टेलिग्राफ नाम दिइएको समाचार साइटको समाचार भ्रामक रहेको स्पष्ट भएको छ । चौधरीको निधन भएको भन्ने भ्रामक समाचारका कारण अहिले  पनि सामजिक संजालमा ब्यापक हल्लीखल्ली मच्चिएको छ ।