मन्त्री बिना मगर कडा ! - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

मन्त्री बिना मगर कडा !



पत्रपत्रिका/नागरिक-

खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरसहित एक दर्जनभन्दा बढी कर्मचारी छड्केमा परेका छन् ।

खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले आइतबार मन्त्रालयमा छड्के जाँच गर्दा ती कर्मचारी अनुपस्थित थिए । मन्त्री मन्त्रालय पुग्दा सचिव ठाकुर, सहसचिव अनिल खनाल, ज्योतिकुमार श्रेष्ठसहित एक दर्जनभन्दा बढी कर्मचारी अनुपस्थित भएको मन्त्रालय स्रोतले बतायो ।

‘पहिलो दिनमै सचिव, सहसचिवसहित दर्जनभन्दा बढी कर्मचारी अनुपस्थित हुनु राम्रो होइन’, मन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘भोलिदेखि मन्त्रालयमा समयमै उपस्थित नहुने र तोकिएको काम नगर्ने कर्मचारीमाथि कारबाही अघि बढ्छ ।’ उनले अनुपस्थित हुने कर्मचारीको नाम टिपेर लगेकी छन् ।