प्रचण्ड नराम्रोसंग चुनाव हार्न चितवन आए : विक्रम पाण्डे - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रचण्ड नराम्रोसंग चुनाव हार्न चितवन आए : विक्रम पाण्डे



चितवन।

कांग्रेसको सर्मथनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनावी प्रतिस्पर्धामा रहेका राप्रपा प्रजातान्त्रिका उपाध्यक्ष विक्रम पाण्डेले चितवन-३ मा आफूले जित्ने दावी गरेका छन् ।

कांग्रेसका नेताको दलबलसहित उम्मेदवारी दर्ता गर्न पुगेका पाण्डेले चितवन ३ का जनताको माया र साथले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पराजित गर्ने दावी गरे । ‘म यहाँको रैथाने उम्मेदवार हो, मैले यहाँका जनताको माया पाएको छुँ कांग्रेसको समेत सर्मथन छ,’ पाण्डेले भने, ‘१५ हजारभन्दा बढी मतले जित्छु ।’

वनमन्त्री समेत रहेका पाण्डेले २० वर्षदेखि चितवन ३ का जनतालाई साथ दिएका कारण जनताले आफूलाई रोज्ने दावी गरेका छन् । ‘यहाँको माटोसँग म भिजेको छु, बच्चादेखि बृद्धसम्मले मेरो उम्मेद्वारी खोजेको छ,’ पाण्डेले भने,’त्यसैले मेरो विजय सुनिश्चित छ ।’

चितवन ३ मा धेरै विकास निर्माणका काम आफूले गरेको र पाइपलाइनमा रहेका विकास निर्माण पूरा गर्न पनि आˆनो जित आवश्यक रहेको उनको भनाइ छ ।