विक्रम पाण्डेको कार्यालयमा बम विष्फोट ! - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

विक्रम पाण्डेको कार्यालयमा बम विष्फोट !



नेपालगन्ज । राप्रपा नेता विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन प्रालिको क्षेत्रीय कार्यालयमा बम विष्फोट भएको छ ।

गएराती बाँकेको शम्शेरगन्जमा रहेको कन्स्ट्रक्सन कार्यालयमा बम बिष्फोट भएको बताइएको छ । बम कसले बिष्फोट गरायो भन्ने खुल्न सकेको छैन । विस्फोटबाट कार्यालयमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ । बम विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गराएको हुन सक्ने प्रहरीको आशंका छ ।

पाण्डेको सिन्धुली कार्यालयमा पनि केहि पहिले अज्ञात समूहले विस्फोट गराएको थियो ।