बिक्रम भुसालको टिमले जित्यो अर्घाखाँची सुपर सिक्स क्रीकेट टुर्नामेन्टको उपाधी । - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

बिक्रम भुसालको टिमले जित्यो अर्घाखाँची सुपर सिक्स क्रीकेट टुर्नामेन्टको उपाधी ।



कमल बिष्ट /अर्घाखाँची

अर्घाखाँचीको सन्धिखर्कमा जारी सुपर सिक्स क्रीकेट टुर्नामेन्टको उपाधी राष्ट्रिय क्रीकेट खेलाडी समेत रहेका बिक्रम भुसालको कप्तानिमा रहेको एम्स (ए) ले जितेको छ ।

स्वास्थ्यका लागी खेलकुद राष्ट्रको लागी खेलकुद भन्ने मुल नाराका साथ शुक्रवार देखी अर्घाखाँचीमा सुरु भएको कृकेट अर्घाखाँची सुपर सिक्सको उपाधी एम्स ए को पोल्टामा परेको हो ।फाइनल खेलमा एम्स (बि) लाई हराउँदै एम्स एले उपाधी चुम्न सफल भएको हो । एम्स (ए )ले एम्स (बि) लाई दुई विकेटले पराजित गरेको हो ।
जिल्लाको क्रीकेट खेलको विकाससङ्गै खेलाडीहरुलाई कृकेट खेलमा अभिरुची बढाउने तथा खेलाडी प्रोत्साहन गर्ने उद्देश्यले सुपर सिक्सको आयोजना गरिएको हो ।

अर्घाखाँची सामुदायिक विकास क्लबको मातहतमा अर्घाखाँची क्रिकेट एकेडेमीको आयोजनामा प्रतियोगिता शुक्रवार देखि सुरु भएको थियो ।प्रतियोगितामा १३ समुहको सहभागीता रहेको थियो । प्रतियोगितामा प्रथम हुने एम्स एले १५००० ट्रफी , मेडल र प्रमाणपत्र र दोस्रो हुने एम्स बिले ५००० मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।