घर रंगेर मोटरबाईक उपहार ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

घर रंगेर मोटरबाईक उपहार !



तस्बिर : झबिन्द्र देबकाेटा

बुटवल । बर्दघाट नवलपरासीका प्रेम चौधरी एक कलर पेन्टर हुन् । उनले डिलरबाट रंग लिएर घरहरुमा रंग लगाउने कार्य गर्दै आएका छन् ।

बर्दघाटमै रहेको हाम्रो पौडेल ट्रेर्डर्समार्फत लिएको जस्मिन पेन्ट्स प्रालिका रंगहरु प्रयोग गर्दै आएका उनलाई शनिबार कम्पनीले उनलाई १ सय २५ सिसिको डिस्कोभर बाईक दियो ।

उनी फर्साटिकर रुपन्देहीका नाथु चौधरी पनि फर्साटिकरमा रहेको अर्याल कलर हाउस बाट कलर लगेर घर रंगाउने काम गर्दै आएका हुन् । उनलाई पनि कम्पनीले सोही मोडेलको बाईक दिएको छ । यत रुपन्देही बेलबासमा बसोबास गरेर पेन्टरको काम गर्दै आएका उलाई पनि सोही कम्पनीलो सोही मोडेलको बाईक प्रदान गरेको छ ।

उनीहरुलाई शनिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरीएको हो। नेपालीको मन नेपालीको रंग जस्मिन पेन्ट्स प्रालिले लगनशिल पेन्टर मजदुरहरुलाई पुरस्कार वितरण कार्य अन्तरगत सो कार्य गरेको हो ।

प्रालिले जस्मिन प्रालिका विभिन्न थरिका रंगहरु बढी प्रयोग गर्ने तथा १२ लाखभन्दा बढी अंक बनाउने पेन्टर मजदुरहरुलाई मोटरसाईकल, तथा सोहि क्रममा त्यो भन्दा कम ल्याउनेलाई क्रमश ल्यापटप, टिभी, मोवाईल लगायतका सामाग्रीहरु बितरण गरीएको हो।

७० पेन्टर पुरस्कृत
प्रालिले तीन जना पेन्टर मजदुरहरुलाई तीन वटा डिस्कोभर मोटरसाईकल उपहार स्वरुप पुरस्कृत गरेको हो । प्रालिका कन्ट्रि म्यानेजेर रविन शर्मा भूषालले १२ लाख अंक पुर्याउने पेन्टर मजदुर हरुलाई मोटरसाईकल प्रोत्साहन पुरस्कार प्रदान गरेका हुन् । यस्तै जस्मिन रंग प्रयोग बढी गरेर अंक धेरै पाएको आधारमा विनोद पाण्डेलाई भूषालले ल्यापटप पुरस्कार प्रदान गरेका हुन् ।

प्रलिले गरेको पुरस्कार वितरण कार्यक्रममा तीन जनालाई टिभी, ५ जनालाई मोवाईल सेट, २१ जनालाई स्टेन पंखा, ६ जनालाई ग्यास चुलो र १० जनालाई हटकेस गरि ७० जनालाई पुरस्कार प्रदान गरिएको थियो ।

कन्ट्रि म्यानेजर भूषालले देशभरीका पेन्टरहरुलाई ३५ वटा मोटरसाईकल बाट्ने योजना अनुसार बुटवलमा तीन वटा पुरस्कार स्वरुप वितरण गरिएको तथा प्रालिको सबैका लागि शिक्षा कार्यक्रम र पेन्टर मजदुरका लागि जीवन सुरक्षा विमा कार्यक्रम ल्याउन लागेको बताए ।

कार्यक्रममा टेम्पेचर मेन्टेन गर्न सक्ने १० वर्षे वारेन्टीको कुल पेन्ट्स, ७ वर्षे वारेन्टीको रोयल ग्लेज लगायतका कम्पनीका उत्कृष्ट उत्पादनको प्रयोग विधिका बारेमा जानकारी गराइएको प्रालिका लुम्विनी अञ्चल ईन्चार्ज गोविन्द पौडेलले बताए ।

तस्बिर : झबिन्द्र देबकाेटा