विजयकुमार गच्छेदारलाई पार्टीबाट निष्काशन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

विजयकुमार गच्छेदारलाई पार्टीबाट निष्काशन



काठमाडौं, असोज ३० ।

नेपाल लोकतान्त्रिक फोरमबाट पार्टी अध्यक्ष विजयकुमार गच्छेदारलाई निष्काशन गरिएको छ ।

सोमबार नेपाली कांग्रेसमा पार्टी एकता गरिएको भनिएपनि लोकतान्त्रिक फोरमका अधिकांश केन्द्रीय सदस्यले पार्टी नभइ विजयकुमार मात्रै कांग्रेसमा गएको बताएका छन । उनीहरुले कांग्रेसमा गएका अध्यक्ष गच्छदारलाई पार्टीबाट निष्काशनको गरेका बताएका हुन ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा लोकतान्त्रिक फोरमका सह–अध्यक्ष भानुराम थारुको संयोजकत्वमा आयोजित पत्रकार सम्मेलनमा थारुले यस्तो बताएका हुन्।

पार्टीले जारि गरिएको विज्ञप्तीमा भनिएको छ, ‘पछिल्लो राजनीतिक परिस्थतिबाट पार्टीका पंक्ति र सदस्यहरुलाई विचलित नहुनको लागि आग्रह गर्दछौँ।’