विद्यासुन्दर शाक्यको खास काम के ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

विद्यासुन्दर शाक्यको खास काम के ?



काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी आर्थिक बर्षलाई पूर्वाधार विकासको बर्षको रुपमा मनाउने घोषणा गरेको छ । आजको नागरिक दैनिकमा खबर छ ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शनिबार आर्थिक बर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी आर्थिक बर्षमा पूर्वाधार निर्माणमा विशेष प्राथमिकता दिने घोषणा गरेका हुन् ।

निजी शैक्षिक संस्थालाई नियमन, महानगरमा अस्पताल सञ्चालन, जात्रापर्वलाई अन्तर्राष्ट्रियकरण गरिनेलगायतका कार्यक्रम महानगरपालिकाले सार्वजनिक गरेको छ ।

सवारीसाधनको प्रदूषण जाँचलाई कडाइ गरिने र पुराना भवन हटाई सुविधासम्पन्न एकीकृत बस्ती विकास गर्ने नीति महानगरपालिकाले लिएको छ ।