विद्यालय कर्मचारी परिषद गोदावरी नगर कमिटी अध्यक्षमा ओझा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

विद्यालय कर्मचारी परिषद गोदावरी नगर कमिटी अध्यक्षमा ओझा



गोविन्द बीसी, अत्तरिया/ कैैैलाली।

नेपाल विद्यालय कर्मचारी परिषद गोदावरी नगर कमिटीको अध्यक्षमा डिल्लीराज ओझा चयन भएका छन् । बुधबार भएको प्रथम नगर अधिबेशनबाट ओझा सर्बसम्मत अध्यक्षमा चयन भएका हुन् । कर्मचारी परिषदमा नवनिर्वाचित नगर अध्यक्ष ओझा सिद्धबाबा माध्यमिक विद्यालयमा कार्यरत छन् । अत्तरिया स्थित दुर्गालक्ष्मी नमुना माविमा स्थानीय तह अन्तर्गत गोदावरी नगरपालिका कर्मचारी परिषदको नगर अधिवेशन भएको हो ।

२०४७ सालमा स्थापित नेपाल विद्यालय कर्मचारी परिषद सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको पेसागत साझा संगठन हो ।

यसअघि कर्मचारी परिषदले जिल्लाको बर्दगोरिया गाउँपालिका, लम्कीचुहा नगरपालिका, घोडाघोडी नगरपालिका लगायतका स्थानीय तहमा कमिटी गठन गरिसकेको थियो । यस्तै यसअघि जिल्ला र प्रदेश कमिटी गठन कार्य समेत सम्पन्न भैसकेको थियो ।

गठन गर्न बाकी रहेका केही स्थानीय तहमा कमिटी गठन गर्न लागिएको नेपाल विद्यालय कर्मचारी परिषद कैलालीले जनाएको छ । सम्पन्न प्रथम नगर अधिवेशनबाट डिल्लीराज ओझाको अध्यक्षतामा १५ सदस्यीय नगर कार्यसमिति निर्विरोध चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा महिलातर्फ कामना ढकाल, उपाध्यक्ष पुरुषमा सिद्धबहादुर बिष्ट, सचिबमा टिकाराम सुबेदी, सह सचिबमा दमयन्ती चन्द, कोषाध्यक्षमा बेटिया राना, सह कोषाध्यक्षमा सिर्जना बोहरा रहेका छन् । यस्तै सदस्यहरुमा कृष्णबहादुर चौधरी, अमर बिष्ट, दल बहादुर रोकाया, बिना भट्ट, ईश्वरबहादुर बोहरा, अमर साउद, कमला पाठक र माया भण्डारी लगायत कार्यासमिति निर्विरोध चयन गरिएको छ ।

नेपाल विद्यालय कर्मचारी परिषदका केन्द्रीय प्रतिनिधि तथा पूर्व जिल्ला उपाध्यक्ष भक्तबहादुर साउदको सभापतित्वमा भएको प्रथम अधिबेशनमा विद्यालय कर्मचारी परिषद ७ नं प्रदेश अध्यक्ष हरिलाल ओझा प्रमुख अतिथि रहेका थिए । यस्तै, बिशिष्ट अतिथिमा कैलाली जिल्ला अध्यक्ष गणेशप्रसाद जोशी रहेका थिए । गोदावरी नगरपालिकाभित्र छरिएर रहेका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको समस्या समाधान र उनीहरुको पेसागत हक, अधिकार स्थापित गर्न समिति गठन गरिएको बताइएको छ । यसअघि ७ न. प्रदेशको प्रथम प्रदेश स्तरीय अधिवेशन समेत सम्पन्न भएको थियो ।

नेपाल विद्यालय कर्मचारी परिषद जिल्ला सचिब रतन कार्कीले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन डिल्लीराज ओझाले गरेका थिए ।