विदेशी भूमि मकाउ देखि एमाले अध्यक्ष केपी ओलीलाई खुल्ला पत्र - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

विदेशी भूमि मकाउ देखि एमाले अध्यक्ष केपी ओलीलाई खुल्ला पत्र



एमाले पार्टी अध्यक्ष केपी ओली ज्यू,

जय नेपालको न्यानो अभिबादन।

नेपालको राजनीति पृष्ठभूमिमा तपाईँले दिएका हरेक योगदानलाई महत्त्वपूर्ण नै मानिन्छ तर पनि तपाईँले बेला बेलामा नेपालको राजनीति माथि नै प्रश्न बाचक चिन्ह खडा गर्ने किसिमका अभिव्यक्तिका कारण चाहिँ मर्माहित भएको छु।त्यति विगत तिर त म जान चाहन्न वर्तमानकै अवस्थाका बारेमा केही कुरा तपाईँ र सारा नेपाली नागरिक सामु वकल्न मन लाग्यो र आज विदेशी भूमिमा रहेर पनि तपाईँलाई पत्राचार गर्न मन लाग्यो।विदेशमा रहेका ५०/६० लाख नेपाली नागरिकहरूले नेपालको राजनीतिका विषयमा विश्वका जुनसुकै कुनामा रहे पनि चासोका साथ हेरी रहेका पढी रहेका छन्।नेपालको राजनीति अस्थिरताकै कारण लाखौ लाख नेपालीहरू बिदेशीन बाध्य भए र त्यसै मध्यका म पनि एक हुँ।

राजनीतिमा तपाईँ र मेरो बिचार अनि धार फरक छ तर फरक भए पनि राष्ट्रियताका विषयमा हामी सबै एक हुनु पर्छ।नेपाल रहे नेपाली र नेपाली रहे न पार्टी रहने हो भन्ने कुराको हेक्का तपाईँ जस्तो पार्टी हाक्ने देखि लिएर स्थानीय तहका कार्यकर्ता र नेपाली नागरिकले बुझ्न जरुरी छ।अब म विषय बस्ती तिर केन्द्रित हुन चाहन्छु तपाईँ र तपाईँको पार्टीले संविधान संशोधनका विषयमा बिमति जनाउदै आएको कुरा सर्व बिदितै छ तर संविधान संशोधन गर्नु पर्ने कारणहरू के के हुन र किन संशोधन गरिनु पर्छ भन्ने विषयमा तपाईँ र तपाईँको पार्टी कहिले पनि गहिराईमा पुग्नै चाहेन।संविधान ताम्रपत्रमा लेखिएको होइन समय अनकुल संशोधन हुनु पनि पर्छ।मधेसी जनताहरूलाई तपाईँ भारतीय नागरिक नै सम्झनु हुन्छ।त्यही मधेसको भोटले तपाईँ पार्टीमा स्थापित भई रहनु भएको छ र यस्ता कुरालाई मनन गर्न सक्नु पर्दछ।कालो वर्ण भयो भन्दैमा भारतीय बिहारी भन्न मिल्ला त तराईको भूमि पुत्रलाई?तपाईहरूले त केवल जनताको मन जित्नकै लागि खोक्रो राष्ट्रबाद अझै भनौ बोलीको भरमा मात्रै राष्ट्रबाद भजि रहनु भयो।तपाईँ प्रधानमन्त्री भएको अवस्थामा देशमा भारत द्वारा नाका बन्दी लगाइएको थियो त्यस अवस्थामा डटेरै सामाना गर्नु पनि भयो तर कुरा त्यतिमा मात्र सीमित रहेन तपाईँ भारतद्वारा बिच्छाएको रातो कार्पेटमा पनि चढ्न सफल हुनु भयो।

नेपालको भौगोलिक अवस्था राजनीति माहौल र नेपालको वर्तमान अवस्थालाई नजर अन्दाज गर्ने हो भने हाम्रो देश नेपालमा अहिले सम्म विदेशी हस्तक्षेप भएको प्रस्टै देखिन्छ तर तपाईहरूसंग विदेशी हस्तक्षेपका विरुद्धमा आवाज उठाउने दम छैन।बोलीमा राष्ट्रबाद देखिए पनि व्यवहारमा भने त्यस्तो कहीँ कतै देखिदैन।राष्ट्रिय एकता र सामाजिक सदभावलाई सफल पार्ने भन्दै नेकपा एमाले अझै भनौ तपाईँको बाल हठले मेची महाकाली राष्ट्रिय एकता अभियान पनि थाल्नु भयो अभियान थालेको २/३ दिनमा नै राजबिराजमा तपाईँको सभालाई अवरोध पुराउने मधेसी मोर्चाका कार्यकर्ता ४ जनाले जीवन गुमाउनु पर्‍यो भने कयौ घाइते भए।त्यसै अवरोधका कारण अभियान केही दिनका लागि रोकियो।कडा सुरक्षा घेरा भित्र रहेर पनि त्यस्तो स्थिति सृजित हुनु पक्कै पनि राम्रो होइन।जनतालाई विश्वास दिलाउने हो राजनीति दलहरूले जबर्जस्ति गर्ने होइन।समाजिक सदभाब भनेको अभियानले त सामाजिक सदभाबलाई झनै बिथोली दिएको छ।

नेकपा एमालेको रणनीतिले यस पटक पनि फेल खादै छ।तपाईहरू देशको वास्तविक अवस्थाका बारेमा जानकार हुँदा हुँदै पनि चुनौतीका साथ अभियानमा लाग्नु भयो तत् पश्चात् यस्तो अवस्था सृजित भयो अब तपाईँ नै भन्नु होस यसमा दोषी को ?तपाईँहरूको अदुर दर्शी बिचारका कारण यस्तो माहौल सृजित भएको हुँदा यस घटनाको दोषी तपाईँ र तपाईँको पार्टीले लिनु पर्छ।मलाई थाहा छ सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा कुनै पनि राजनीति दल र किनका नेता कार्यकर्ताले नेपालको जुनसुकै भागमा पनि र्याली,सभा सम्मेलन गर्न पाउँछन र पाउनु पनि पर्छ तर यस घटनाको मामलामा चाहिँ तपाईहरूले यो घटनाको गल्ती स्वीकार गर्नै पर्छ।तपाईँले कुनै पनि राजनीति दलहरूलाई खुलमखुल्ला आक्षेप लगाउने काम चाहिँ नगरेकै राम्रो।तपाईहरू जस्तो नेता किन मौन बस्नु हुन्छ कञ्चनपुरको घटनामा।भारतीय प्रहरी द्वारा सिमानामा मान्छे मारीदा खै त तपाईँहरूको चित्त दुखेको?सिमाना सुरक्षा गर्ने ती राष्ट्र प्रेमीलाई चाहिँ तपाईँ के भन्नु हुन्छ राष्ट्र प्रेमी वा राष्ट्र घाती? त्यस कारण राष्ट्रबादीको ट्याग लगाउन चाहनु हुन्छ भने आन्तरिक मामलाबाट हटी अन्तर्राष्ट्रिय मामिलामा सरीक भएर व्यवहारले देखाउनु होस्।
धन्यवाद

जय नेपाल।
कर्ण बहादुर अधिकारी मकाउ चीन।