प्रहरीलाई मिल्यो सफलता ,साठि लाख ठगी गर्ने लामा सात बर्षपछि पक्राउ - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्रहरीलाई मिल्यो सफलता ,साठि लाख ठगी गर्ने लामा सात बर्षपछि पक्राउ



मंसिर १४,काठमाडौं  ।। वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगि गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं –१ नक्साल बस्ने ५४ वर्षका शंकर लामाले लमजुङका यज्ञप्रसाद घिसिङलगायत १० जनालाई युक्रेन पठाइदिने भन्दै प्रतिव्यक्ति ६ लाख रुपैंया लिएको र थाइल्याण्डसम्म लगेर छाडेका थिए ।

लामालाई वैदेशिक रोजगार ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरणले  ०६७ सालमा नै १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैंया जरिवानाको फैसला गरेको थियो । फैसला पछि लामा फरार रहेका थिए । फरार लामालाई केन्द्रीय अनुसन्धान ब्यूरोले वुधबार पक्राउ गरी अदालतमा पेश गरेको छ । अदालतले लामालाई डिल्लीबजार कारागारमा सजायको लागि पठाएको छ ।