बिभिन्न पार्टीका २ सय कार्यकर्ता कांग्रेसमा प्रवेश - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बिभिन्न पार्टीका २ सय कार्यकर्ता कांग्रेसमा प्रवेश



काठमाडौं/ मङ्सिर ७ । 

मधेशको मुद्धा समाधान गर्न असफल भएको भन्दै संघीय समाजवादी फोरम नेपाल , माओवादी केन्द्र   र एमालेका २ सय कार्यकर्ताले पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन ।  मोरङ क्षेत्र न ६ को  विभिन्न चुनावी सभाहरुमा  उनीहरु पार्टी प्रवेश गरेका हुन  ।

वुधवार र विहिवार आयोजित  चुनावी सभामा  वडा न ६  बाट ५० जना र १२ मा १ सय ५० कार्यकर्ताले कांग्रेस  प्रवेश गरेका छन्  । नव प्रवेशीहरुलाई मोरङ क्षेत्र न ६ का प्रतिनिधि सभाका उम्मेदवार डा शेखर कोइरालाले फुल-माला र अविर लगाएर स्वागत गरे ।

मोरङ ६ मा प्रतिनिधि सभाको लागी  कांग्रेसका उम्मेदवार डा कोइराला चुनावी स्पर्धामा उत्रिएपछि पार्टी परित्याग गर्नेहरुको संख्या उल्लेखनिय बढदै गएको  छ । माओवादी केन्द्रवाट कांग्रेस प्रवेश गरेका विराटनगर ६ का वडा सदस्य सन्तोष साहले एमाले मधेश विरोधी पार्टी रहेको र माओवादी केन्द्रले मधेश विरोधी पार्टीसँग कार्यगत एकता गरेकै कारण आफूले पार्टी परित्याग गरेको बताए ।

मधेश आन्दोलनका वेला एमालेका उम्मेदवार लालवावु पण्डितले मधेशी भारतबाट आयातित रहेको प्रतिक्रिया दिएका थिए  । उनको त्यो अभिव्यक्तीको चौतर्फी विरोध भैरहेको छ । मोरङ ६  मधेशी , आदीवासी , जनजातीको  बाहुल्य क्षेत्र मानिन्छ । यहाँको कुल मतदाता संख्या मध्ये ६० प्रतिसत आदीवासीहरुको प्रभावमा छ । सकुम्वासी आयोग मोरङको अध्यक्ष रहदा एमाले उम्मेदवार लालवावुले सुकुम्वासीहरुलाई नक्कली जग्गाधनी पूर्जा वितरण गरेर झुक्याएपछि त्यसको मधेशी समूदायवाटै विरोध हुन थालेको छ । राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने कोइरालालाई अत्याधिक मतले विजयी गराउन पनि पार्टी परित्याग गर्नेको संख्या बढदै गएको विराटनगर १२ कांग्रेसका वुथ सभापति हरिनारायण यादवले बताए ।

दुइ साता अघि विराटनगर वडा न ११ र १२ का ६ सय कार्यकर्ता कांग्रेसमा प्रवेश गरिसकेका छन ।
पहिलो र दोस्रो संविद्यान सभाको निर्वाचनमा कांग्रेस यो क्षेत्रबाट विजयी भएको थियो । डा कोइराला लगातार २ पटक यस क्षेत्रबाटै निर्वाचत भएका थिए  । स्थानीय निर्वाचनमा एमाले भन्दा १७ सय  मतको अग्रतामा कांग्रेस रहेको छ ।यस क्षेत्रमा कांग्रेस  प्रवेशले डा कोइरालाको स्थितिलाई अझै वलियो बनाएको छ ।

डा कोइरालाले आगामी ५ बर्षभित्रमा सवै फुसको छानालाई टिनको छानोमा परिणत गर्ने , स्वास्थ्य , शिक्षा , शुद्ध खानेपानी र मोरङ ६ का सवै सडक कालोपत्रे बनाउने जस्ता लोकप्रिय कार्यक्रम लिएर चुनावी स्पर्धामा उत्रिएका छन ।