मुख्यमन्त्रीमा बिबाद, यस्ता छन् दाबेदार - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

मुख्यमन्त्रीमा बिबाद, यस्ता छन् दाबेदार



प्रदेश नम्बर ३ को प्रदेशसभामा बावम गठबन्धनको दुईतिाई बढी स्थानमा जितसंगै प्रदेशको पहिलो मुख्यमन्त्री को हुन्छ भन्ने विषयमा चर्चा सुरु भएको छ ।

यो पद्य्रेशमा प्रत्यक्षतर्फ ६६ सिटमध्ये वाम गठबन्धनले ५७ जितेको छ ।

जसमा एमालेले ४२ र माओवादी केन्द्रको १५ सिट छ । प्रदेशसभामा कांगे्रसले ७, नेमकिपाले १ र नयाँ शक्ति पार्टीले एक सिट जितेको छ ।

यो प्रदेशसभा समानुपातिकसहित ११० सदस्यीय हुनेछ । समानुपातिकतर्फ मतगणना जारी छ ।,

त्यस्तै प्रदेश नम्बर ७ मा वाम गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । प्रदेश सरकार बन्ने निश्चित भएसंगै को मुख्यमन्त्री बन्ला भन्ने कौतुहल बढको छ ।

यो प्रदेशमा एमालेका शीर्ष नेता भीम रावल हुन् ।  उनी पार्टी उपाध्यक्षसंगै प्रदेश ७ को संयोजक हुन् ।

यसैगरी वाम गठबन्धनको अर्को घटक माओवादी केन्द्रका लेखराज भट्ट यो प्रदेशका शीर्ष नेता मानिन्छन् ।, यो खबर आजको नागरिकमा छ ।