भुवन केसी र अनमोलको बोलचाल बन्द ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

भुवन केसी र अनमोलको बोलचाल बन्द !



चर्चित नायक भुवन केसी र उनका छोरा  नायक अनमोल केसीबीच द्वन्द बढेको खुलासा भएको छ । स्रोतका अनुसार भुवन र अनमोलबीच पछिल्लो समय राम्रो सम्बन्ध छैन् ।

त्यसैले होला, भुवन अनमोललाई पनि थाहै नदिई एकाएक गायब बनेका छन् । तर अनमोलन भने भुवनको खोजीमा जुटेका छन् । यतिवेला अनमोल बुवालाई खोजेको खोजै छन् ।

‘उकालीमा पछि–पछि, ओरालीमा अघि–अघि, यो केटा के भा’को भन्ने गीतका कारण पनि उनी केही दिनअघि लफडामा परेका थिए । यही गीत लफडामा परेर प्रहरीकहाँ मुद्धा समेत चलेको थियो । ३३ वर्षअगाडि सयपत्री मुभिजले शम्भु प्रधानको निर्देशनमा निर्माण गरेको फिल्म सम्झनाको यो गीतमा उतिबेला भुवन केसी र तृप्ती नाडकरको अभिनय थियो ।

त्यही गीत अहिले नयाँ फिल्म ‘कृ’ मा समोवेश छ । जसमा भुवनका छोरा अनमोल र नायिका अदिती बुढाथोकीको अभिनय रहेको छ । यो गीत भुवनले चारेको आरोप थियो । प्रतिलिपी अधिकारको लफडामा बुवा परेपछि अनमोल तनाबमा रहेका थिए ।

बुवा भुवन यो लफडामा परेपछि त्यतिबेलापनि  नायक अनमोलले बाउको कारण आफू बदनाममा परेको गुनासो आफू निकटहरुसँग गरेका थिए । त्यस्तै उनले बाउले गर्दा आफ्नो स्टारडममा असर परिरहेको कुरा आमा सुष्मिता केसीसँग समेत गुनासो गरेका थिए ।

यही कारण भुवनका बाउ छोराबीच बोलचाल त्यतिवेलादेखि नै बन्द भएको स्रोतको दाबी छ ।