भूपू गर्लफ्रेन्ड सँगको पुनर्मिलन २ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भूपू गर्लफ्रेन्ड सँगको पुनर्मिलन २



समीर प्रकाश पाण्डे

गाडीबाट झरेको ५ मिनेटमा मेरो कोठामा पुगे सपना हो कि विपना हो जस्तो लागिरहेको थियो । दिमागमा उसको त्यो हसिलो अनुहार अनि मिठो मुस्कानले जरा गाडेर बसिर्हयो ।

फ्रेस भए , अरू काम तिर ध्यान गएन । न भोक थियो न त कुनै सोचाई , मात्र उसैको कल्पना मनैभरी ।ओछ्यानमा पल्टेर छक्क परिरहें । टबुलको घर्रा बाट वाईट मार्बल चुरोटको एक खिल्ली निकाले र सल्काए ।

एक समयमा यो चुरोट र बियर पिलाउने केटी आज फेरी म सँग जोडिदै छे । जुन दिन उसको र मेरो प्रेमको युद्धमा मैले हार खाए त्यसपछि उसले मलाई उपहार दिएकी थिई यही चुरोट र बियर।आज फेरी उ सँग बिताएका ती पल हरू सरसर्ती दिमागमा आउन थालेका छन् । म फेरी तिनै दिनमा फर्किदै छु जुन दिनमा म नराम्रो सँग तडपिन्थे उसको यादमा ।

पिउदिन भन्थे यो चुरोट अनि त्यो चिसो बियर तर उसका याद यसरी आएर डस्थे कि नपिएर न निदाउन सक्थे न त जिउन ।
अहिले पनि ती पुराना रमाँइला दिनहरू सम्झेर मन रोमान्चित हुन्छ । मन भित्र एकैचोटि प्रेमका ज्वारभाट हरू उठ्न थाल्छन् । जिउ पुरै प्रेममय भएर समुन्द्रमा सुनामि गए जस्तै मनभित्र प्रेमका छालहरु उफ्रिन थाल्छन् ।

हातको चुरोट निभाउदै ड्रस चेन्ज गर्न लागे । उ सँग फोनमा बोल्ने भन्दै च्याट अफ गरेको थिए । मलाई कुर्दै होली भन्ने सोचे । बेलुकाको ५ बजेको थिय‍ो । असह्य भए पछि कल लगाए ।

फोनमा पनि रिङ ब्याक्क टोन राखेकी रैछ ‘ भिज्यो सिरानी रातमा , तिम्रो यादमा ……………..! ’
यो गीत मलाई सारै मन पर्छ , त्यो बेला उसको अनि मेरो फेवरेट गीत थियो यो । समयको अन्तराल सँगै उसको मन पर्ने गीत बदलिएको होला भन्ने ठानेको थिए तर होइन रहेछ । उ आज पनि त्यो बेलाको हाम्रो च्वाईस लाई भुलेकी रैनछे । म दङ्ग पर्दै थिए , फोन उठ्यो !

‘ हेलो …!’ उसको सुरीलो स्वरमै म फिदा थिए ।
‘ के गर्दै छौ ? ’ मैले पनि सके सम्म स्वरमा मिठास ल्याउदै बोले ।
‘ तिमीलाई सम्झदै थिए फोन गरिहाल्यौ ! ’ उसले झुट बोलेरै भए पनि माया देखाई ।
‘ मार्लान बुढोले । ’ मैले डराउन दिँदै उसको मन चोरे ।
‘ को बुढो छैन बुढो सुढो ! ’ उ नखरा गरे जस्तो गरेर हल्का रिसाई ।
‘ बिहे गरे पछि बुढो नभए के हुन्छ त ? किन यसरी झर्केकी ! ’ मैले सम्झाउन खोजे जस्तो गरे ।
‘ सम्झनु छैन मलाई ..यो कुरा छोड तिमी कहाँ छौ अहिले ..? ’ उसले फेरी प्रेम दर्साउन खोजी ।
‘ म बुटवल बस्छु अनि तिमी ?’ मैले उत्तर दिँदै प्रश्न गरे ।
‘ म काठमाडौँ मै छु । के गर्दै छौ नि ? ’ उसले पनि उत्तर दिँदै प्रश्न गरी ।
‘ सानो तिनो जागिर गर्दै छु । अनि तिमी चैँ के गर्दै छौ ? ’ मैले उसको बारे जान्न चाहे ।
‘ जागिर गर्दै थिए , १ महिना भो छोडी सके । ’ उसले नढाटी भनी ।
‘ किन छोडेकी ? ’ मैले आश्चर्य प्रकट गरे ।
‘ अब दुबई जाने हो । ’ उ निराश हुँदै बोली ।

‘ ह्या नहुने कुरा नगर ल । किन जानु पर्‍यो , यतै केही गर्ने नि बुढा बुढी मिलेर । ’ मैले अर्ति दिन खोजे ।
‘ समीर प्लिज ! यो बुढा बुढा भन्ने शब्द बन्द गर न ल । ’ उ निक्कै निराश भई ।
‘ ओ माई गड । किन मलाई सेयर गर्न मिल्देन र तिम्रो खुसी अनि पिडा ? ’ मैले पनि हल्का नखरा दिए ।
‘ आज हैन , दिन आउँछ समीर । तिमीलाई भेट्न मन छ , काठमाडौँ आऊ अनि सबै सेयर गर्छु ल । ’ उसले धेरै पछि आफ्नो पना देखाई ।
‘ सबै त हैन होला । ’ मैले उसलाई जिस्काउन खोजे ।
‘ हेरन फेरी ’ उ लजाई या हट भई , मैले बुझेन ।
‘ के हेरन भन्या ? लौ देखाउन त । ’ मैले जिस्काउन छाडीन ।
‘ मात्तेको हो मोटे ? ’ उसले लाडे पारामा भनी ।
‘ उम हो , तिमी सँगका पल याद आउँदा मात्तीन मन लाग्छ । ’ उसलाई पनि अतीत सम्झाई दिए ।
‘ प्लिज स्टप ईट यार समीर , आई वान मिट यु राईट नाउ । ’ उ हल्का हट भएको जस्तो गरी ।
‘ अर्को हप्ता काठमाडौँ आउँदै छु । अनि भेटौला ल । ’ मैले उसलाई लोभ्याई दिए ।
उ खुसी हुँदै भनी ‘ रियल्ली ? ’
उसलाई ढुक्क पार्दै भने ‘ तिम्रा लागी सात समुद्र पार गर्न सक्छु , जाबो नौडाँडा के ठुलो भयो र ? ’
उ खुसीले गलललल हासी , मैले फोन राख्ने अनुमति माग्दै भने ‘ पछि कल गर्छु ल । ’ पछि कुरा गर्ने बाचा गर्दै बिदा भयौ ।

बेलुका सुत्ने बेला सम्म उसको फोन आएन , मलाई पनि आफै कल गर्न अप्ठ्यारो लाग्यो । उसलाई गरेको कल उसको बुढाले उठायो भने म र उ बर्बाद । यस्तै सोचेर म बिस्तरामा पल्टिए , उसलाई कल्पिदै । पचासौ पटक कोल्टे फेर्दा पनि निद्रा परेन । उ सँगका ती पल फेरी मानसपटलमा घुम्न थाले ।

एक पटक उसले कसिलो अँगालोमा बेरेर चुम्बन गरेको याद आयो । उसले मेरो ओठमा चुमेर बनाई दिएको घाउ मात्र होइन , उसले गरेको टङ किसका कारण तिन दिन सम्म दुखेको जिब्रोको पनि याद आयो । उ साँच्चै हट थिई , हट मतलब उसिनेको आलु जस्तो पक्कै होइन है फेरी ।
कल्पनामा एउटा रातले कहिले सधैँ जिस्काउछ । त्यो रातमा उ अनि म मात्र , उसकै घरमा । ओ माई गड ! आज त्यो रात कल्पिदा पनि जिउ पुरै सिरीङ गर्छ अनि शरीरमा काँडा उम्रन्छ । उसको अँगालोमा यतीधेरै मस्ति थियो कि आज यती धेरै वर्ष पनि म कल्पेर हैरान हुन्छु कसम ।
अब ती दिनलाई फेरी अंगाल्न पाए कति भाग्यमानी ठान्थे होला आफैले आफैलाई । यही कल्पना गर्दै थिए , मोबाइलमा एस एम एस को टोन बज्यो । हतारीदै हेरे । उसकै थियो , लेखेकी थिई ‘ समीर ! रियल्ली आई लभ यु । ’

उसको म्यासेजले मलाई नराम्रो सँग ततायो । मेरो निद्रा भाग्यो , म फ्रेस भए । उसको म्यासेजको रिप्लाई दिँदै भने ‘ कालु कल गरम ? ’
एकै छिनमा रिप्लाई दिँदै भनी ‘ जड्या तिम्रो जाँर सँगै सुतेको छ फिट भएर , मिल्दैन डियर । भोलि गफ गरौला प्लिज । ’

अहिले बल्ल थाहा भयो , उसको बुढा गलत रहेछ र त उसको अनि मेरो कर्मको रेखा जुटदै रहेछ । भोलीको ईन्तजारमा निदाउन झन् कठिन थियो मेरा लागी तरपनि कुर्नु त थियो नै । लौ तपाईहरु पनि कुर्नुस अर्को हप्ता सम्म । बाकी अर्को हप्ता …………..
क्रमशः