दिल्लीमा सांस्कृतिक कार्यक्रम सम्पन्न ,भूमिका ,टङ्क र आर.जेले मच्चाए धुम !(फोटो फिचर) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

दिल्लीमा सांस्कृतिक कार्यक्रम सम्पन्न ,भूमिका ,टङ्क र आर.जेले मच्चाए धुम !(फोटो फिचर)



भारतको राजधानी दिल्लीमा नवगठित ‘हाम्रो सोच हाम्रो भविष्य’ले नयाँ वर्षको पूर्व सन्ध्यामा सांस्कृतिक कार्यक्रम एवम् प्रथम वार्षिकोत्सव सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाल देखि कलाकारहरू मिस्टर आरजे,टङ्क तिमिल्सिना,भूमिका गिरी ,निरुता खत्री ,शोभा थापा ,मुकेश बिसी ,वासु देव जोशी सुरी प्रेमी मगर ,दिनेश भण्डारी आदिको प्रस्तुति रहेको थियो । के आई नेपालका कार्यक्रम निर्देशक इन्द्र राज भट्टराई प्रमुख अतिथि रहेको उक्त समारोहमा पूर्व एमपी जय प्रकाश अग्रबाल,अल इन्डिया एन्टी टेरोरिस्ट फोन्टका एम एस बित्ता ,साउथ यक्षका मेयर जितेन्द्र ( जितु भाइ ),भारतमा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको उलेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा केयर फर कियोरद्वारा निःशुल्क स्वास्थ्य परीक्षणको आयोजाना पनि राखिएको थियो ।

सो कार्यक्रममा हेल्प फोर नेपाल सङ्घ दिल्लीले स्वयम् सेविकाको भूमिका निर्वाह गरेको थियो । सङ्घले भारतको नयाँ दिल्लीमा  नेपालीहरूद्वारा हुने विभिन्न कार्यक्रम सहयोग गर्दै आएको छ ।

कार्यक्रमको सञ्चालन भने नवीन जोशी र  रमिता चन्दले संयुक्त रुपमा  गरेका थिए ।

तस्बिर :गोपाल भारद्वाज