'मिस पिस लुम्बिनी २०१८' को उपाधि भवानी थापालाई - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

‘मिस पिस लुम्बिनी २०१८’ को उपाधि भवानी थापालाई



राजीव भुसाल/बुटवल ।
मिस पिस लुम्बिनी २०१८ को उपाधि बुटवलकी भवानी थापा घोषित भएकी छन् । तपाईँलाई नर्स हुन या नर्सिङ्ग क्षेत्रमा लाग्नका लागी सबैभन्दा धेरै के कुराले प्रेरित गर्‍यो ? भन्ने प्रमुख निर्णायक मिस नेपाल वल्र्ड २०१६ अश्मि श्रेष्ठले सोधेको प्रश्नमा अनुशासन, धैर्यता र महानता जस्ता कयौँ गुणले मलाइ यस क्षेत्रमा लाग्नका लागी प्रेरित गरेको भन्ने जवाफ दिँदै भवानी थापा मिस पिस लुम्बिनी २०१८ घोषित भएकी हुन ।

उनलाई मञ्जरी ग्रुपका अध्यक्ष विशाल एच आले र मिस नेपाल वल्र्ड २०१६ अश्मि श्रेष्ठले क्राउन लगाउँदै मिस पिस लुम्बिनी घोषणा गरेका हुन् । भवानीले उपाधि सहित सुभलाभ कस्मेटिक मिस पर्सनालिटी अर्वाड समेत जितेकी छन् । प्रतियोगितामा बुटवल कालिकानगरकी आयुषा रेग्मी फष्ट रनरअप, सैनामैना मुर्गियाकी रिता गुरुङ्ग सेकेण्ड रनरअप घोषित भए । फष्ट रनरअप आयुषा रेग्मिलाइ डार्सिज इन्टरनेशनल होटलका निर्देशक विकास पाण्डे र निर्णायक प्रज्ञा तिवारी, सेकेण्ड रनरअप रिता गुरुङ्गलाइ निर्णायकत्रय कविता पुन, प्रशान्त चापागाइ, पवन आचार्यले सयुक्तरुपमा क्राउन तथा स्यास लगाइदिएका थिए ।

नर्सिङ्ग पेसामा लागेका युवतीको प्रतिभा प्रष्फोटनको लागी कार्यक्रम आयोजना गरिएको मञ्जरीका अध्यक्ष विशाल एच आलेले बताएका थिए । होराइजन फुड ल्याण्ड मिस फोटोजेनिक, पिस लुम्बिनी मिस क्रियटिभ प्रशन्ना थापा, सी इनर्जि लेडिज फिटनेश मिस क्याटवाक एलिसा क्षेत्री , आइएफसि गुडविल एम्वेसडर रिता गुरुङ्ग, मुभि क्लब नेपाल मिस मल्टिमिडिया आयुषा क्षेत्रीले जितेका छन् । प्रतियोगिता शनिवार बुटवलको डार्सिज इन्टरनेशनल होटेलमा सम्पन्न भएको थियो ।